Logo
७ जेष्ठ २०८१, सोमबार
(May 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालमन्दिर जग्गा विवाद : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

२७ वैशाख, काठमाडौं । नक्सालस्थित बालमन्दिर जग्गा विवादको विषय २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीमा) का एसपी तथा प्रवक्ता होबिन्द्र बोगटीले २० जनाविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी भएको  बताए ।

बालमन्दिरकोतर्फबाट आज बिहीबार नै सीआईबीमा जाहेरी परेको थियो । २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधीग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात् बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो ।

यो जग्गा प्रकरणबारे सीआईबीले यसअघि पनि सूक्ष्म रुपमा अनुसन्धान अघि बढाएको थियो । सीआईबीको अनुसन्धानबा समेत जग्गा दुरुपयोग गरिएको खुले पनि औपचारिक रुपमा जाहेरी नपरेकाले मुद्दा प्रक्रिया अघि बढेको थिएन ।

बिहीबार भने बालमन्दिरकोतर्फबाट जाहेरी परेसँगै औपचारिक रुपमा अनुसन्धान र मुद्दाको प्रक्रिया बढेको एसपी बोगटीले बताए ।

बालअधिकारसम्बन्धी महासन्धिले उठाएका मुद्दाहरु लागू गर्न भन्दै २०४९ सालमा सरकारबाट अधिकार पाएको बालमन्दिरले भने आफ्नो क्षेत्राधिकार अनुसार काम नगरी जग्गा दुरुपयोग दाबी गरिएको छ ।

११९ रोपनीमध्ये धेरैजसो जग्गा विभिन्न सरकारी निकायहरूले भोगचलन गरिरहेका छन् । त्यसमा पनि संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको सेटिङमा मन्दिरको २९ रोपनी ४ आना जग्गा निजी विद्यालय बृहस्पति विद्या सदनलाई ५९ वर्षका लागि सस्तो भाडामा लिजमा दिइएको बताइएको छ ।

प्रकाशित मिति: May 9, 2024

प्रतिक्रिया दिनुहोस्