Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद कोष बजेट बिनियोजन : सुनसरी-२ मा सीताराम मेहताले ४ करोड रकम के-केमा खर्च गर्ने ?

सुनसरी क्षेत्र नम्वर २ का सांसद सीताराम मेहताले स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम तर्फको बजेट बिनियोजन गरेका छन् ।
मेहताले आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गरी विभिन्न शिर्षकमा गरी ४ करोड रकम बिनियोजन गरेका हुन् । मेहताले निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्र्तगत संघीय सरकारबाट पाप्त हुने रकम प्राथमिकताका आधारमा बिकासे योजना लक्षित गरि बिनियोजन गरेको बताएका छन् ।

अनुगमन, स्थानीयको माग सहित सुझावका आधारमा योजना तय गरिएको मेहताले बताए । मेहताले आफ्नो योजनामा सडक, स्वास्थ्य, शिक्षा, खानेपानीका साथै कला संस्कृतिको संरक्षण र जर्गेना लगायतका शिर्षकमा रकम छुट्याएको बताए । ५० लाखका दुई ठुला योजना समावेश गरेका मेहताले आवश्यक्ता र प्राथमिकताका आधारमा २५ लाख, २० लाख, १५ लाख र १० लाखका दरले रकम बिनियोजन गरेका छन् ।

मेहताका स्वकिय सचिव सञ्जय श्रेष्ठका अनुसार सांसद मेहताको निर्वाचन क्षेत्र नम्वर २ मा स्वतन्त्र सेनानी स्मृति उद्दान देवानगञ्जकालागि ५० लाख रकम बिनियोजन गरिएको छ । त्यसैगरी उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको भवन निर्माणकालागि ५० लाख रकम छुट्याइएको छ ।

मेहताको स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्र्तगत इनरुवा खेल मैदान प्रवेश द्वारकालागि २५ लाख, इनरुवाको खानेपानी तथा सरसफाईकालागि २० लाख, पतञ्जली योग पिठ सामूदायिक भवन निर्माणकालागि १० लाख, राजाजी सामूदायिक भवनकालागि १५ लाख, बलाहा बहुमुखी क्याम्पसकालागि १० लाख र राम मन्दिर बलाहाको सार्वजनिक शौचालयकालागि १० लाख रमक बिनियोजन गरिएको छ ।

त्यसैगरी पशुपति शिक्षा विद्यालय गौतमपुरकालागि १० लाख रकम बिनियोजन गरिएको छ । त्यस्तै कोइराला सामूदायिक भवन साविक मधेशाको लागि १० लाख, लक्ष्मीनारायण मन्दिर गेट निर्माण इनरुवाकालागि १० लाख, रामधुनी एतिहासिक धार्मिक राम मन्दिर प्रवेश द्वारकालागि १० लाख, रामधुनी नगरपालिकाको मितेरी पुलकालागि १० लाख, सेयरा विद्यालयकालागि १५ लाख, सितपुर नहरदेखि पश्चिम साविक डुम्राहा जोड्ने बाटो स्तरउन्नतीकालागि १० लाख, रामधुनीको एक नम्वर वडाको बाटो स्तरउन्नतीकालागि १० लाख, रामधुनी २ मा खानेपानीकालागि १० लाख रकम बिनियोजन गरिएको मेहताका स्वकिय सचिव श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी इटहरी उपमहानगरपालिका अन्र्तगत मुक्तिधाम मन्दिर जिर्णोद्वारकालागि २० लाख, इटहरीकै धनकुटे टोल बाटो स्तरउन्नतीकालागि १० लाख, राजदेवी मन्दिर जिर्णोद्वार र तटबन्धकालागि १० लाख, वडा नम्वर ५ बाटो कालोपत्रेकालागि २० लाख, वडा नम्वर एक पिच स्तरउन्नती साझेदारीकाागि १५ लाख, १९ नम्वर वडामा सडक स्तर उन्नतीका लागि १५ लाख, वडा नम्वर २० मा सडक बाटो स्तरउन्नतीकालागि १५ लाख र वडा नम्वर १७ को हाटबजार व्यवस्थापनकालागि १० लाख रकम बिनियोजन गरिएको सांसद सीताराम मेहताले जानकारी दिए ।

प्रकाशित मिति: Nov 20, 2018

प्रतिक्रिया दिनुहोस्