Logo
२ जेष्ठ २०८१, बुधबार
(November 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१२ वर्षभित्र गण्डकी प्रदेशमा गरिबी अन्त्य गर्छु : मुख्यमन्त्री गुरुङ

लमजुङ :  मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अबको १२ वर्षभित्र गन्डकी प्रदेशमा गरिबीको अन्त्य गरिने बताएका छन् । सोमबार लमजुङको खुदीमा प्रथम मर्स्याङ्दी महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सन् २०३० सम्ममा प्रदेशमा गरिबी अन्त्य गरिने बताएका हुन् ।

प्रदेशमा भोकमरी तथा गरिबीको अन्त्य गर्नेगरी अहिलेदेखि नै उत्पादनमुखी कार्यक्रममा जोड दिइएको उनले उल्लेख गरे । चालू आर्थिक वर्षमा लमजुङमा ३०० होमस्टे प्रवर्धन गर्नेगरी कार्यक्रम सन्चालन गरिने उनको भनाइ छ ।

होमस्टे प्रवर्धनका लागि ३० करोड रुपैयाँ बजेट छुट्टाइएको उनले सुनाए ।

प्रकाशित मिति: Nov 20, 2018

प्रतिक्रिया दिनुहोस्