Logo
६ जेष्ठ २०८१, आईतबार
(September 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नायिका निता ढुंगानाको अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाण्डौ : कुनै समय नेपाली सिने क्षेत्रकी चर्चित नायिका हुन् निता ढुंगाना । तर, उनी लामो समयदेखि फिल्मी दुनियाँबाट बाहिर छिन् । लामो समयको अन्तरालपछि उनलाई एक म्युजिक भिडियोमा देखिएको छ । हालै सार्वजनिक भएको ‘सक्छौ होला’ बोलको म्युजिक भिडियोमा उनलाई देखिएको हो । यस म्युजिक भिडियोमा बिकास चौधरीको शब्द, सबिना केसीको संगीत तथा गायक सुनिल राईको आवाज रहेको छ ।

सार्वजनिक भएको यस म्युजिक भिडियोले कुनैपनि प्रेमी प्रेमिकाबीच हुनसक्ने असमझदारीहरुलाई देखाइएको छ । जुन असमझदारीले गर्दा उनीहरुको प्रेम सम्बन्ध नै टुट्न जान्छ । भिडियोमा नितासँगै मोडल मनोज शर्माले पनि अभिनय गरेका छन् । भुवन स्याङबो तामाङले निर्देशन गरेको यस म्युजिक भिडियोलाई ज्ञानु राईले छायांकन तथा मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन् ।

 

प्रकाशित मिति: Sep 26, 2018

प्रतिक्रिया दिनुहोस्