Logo
१२ श्रावण २०८१, शनिबार
(May 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकल प्रदर्शन गरिरहेका चापागाईंलाई भेट्न माइतीघर पुगिन् शिक्षामन्त्री सुमना

६ जेठ, काठमाडौं । ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंलाई शिक्षामन्त्री सुमना श्रेष्ठले भेटेकी छन् ।

प्रदर्शनस्थल माइतीघर चापागाईंलाई भेटेर पुगेर शिक्षामन्त्री सुमनाले माग जायज भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएकी थिइन् । ‘यो विषय हामीले पनि उठाएको विषय हो । यो निकै महत्वपूर्ण छ र शिक्षा मन्त्रालयको ध्यानाकर्षण पनि भएको छ भन्नुभयो,’ प्रदर्शनस्थलमा रहेकी नेपाल समाजवादी पार्टीकी नेता मानुषी यमी भट्टराईले भनिन् ।

चापागाईंले प्रारम्भिक बाल विकास (ईसीडी ) तहलाई तीन तहको बनाउनुपर्ने, तालिमप्राप्त दक्ष शिक्षक राख्नुपर्ने, दिवा खाजाको रकम बढाउनुपर्ने लगायतका पाँच बुँदे माग प्रदर्शन गरिरहेका छन् । उनले प्रदर्शन गरेको आज पाँचौं दिनमा शिक्षामन्त्री सुमना भेट्न गएकी थिइन् । उनले नेपाल समाजवादी पार्टीले उठाएका कतिपय मागलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रममा समेटेको समेत बताएकी थिइन् ।

तर चापागाईंको प्रदर्शनमा साथ दिन गएका नेपाल समाजवादी पार्टीका नेताहरुले सरकारी विद्यालयमा पढ्ने बालबालिकालाई प्रारम्भिक बाल विकास तथा शिक्षा (ईसीडी ) कार्यक्रम र निजी विद्यालयमा पढ्ने बालबालिकाहरुलाई प्लेग्रुपदेखि यूकेजीसम्मको शिक्षामा सरकारको दोहोरो नीति देखिएकाले त्यसलाई सच्याउनुपर्ने बताएका थिए ।

विद्यार्थीहरुलाई दिइने १५ रुपैयाँ खाजा खर्च र भौतिक पूर्वाधार अपुग भएको लगायतका विषयलाई पनि सरकारले सम्बोधन गर्न शिक्षा मन्त्री श्रेष्ठलाई भनेका थिए ।

‘यो शिक्षा मन्त्रालयले मात्र सम्बोधन गर्न सक्ने कुरा होइन, अर्थ मन्त्री र प्रधानमन्त्रीसम्म जोडिएको विषय हो,’ नेपाल समाजवादी पार्टीकी नेता यमीले भनिन्, ‘शिक्षा मन्त्रीलाई हामीले अर्थ मन्त्री र प्रधानमन्त्रीकोसमेत कमिटमेन्टसहित आउनुभयो भने हाम्रो आन्दोलन स्थगित हुन्छ नत्र हुँदैन भनेका छौं ।’

प्रकाशित मिति: May 19, 2024

प्रतिक्रिया दिनुहोस्