Logo
२७ बैशाख २०८१, बिहीबार
(September 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

“मुस्लिम-इसाई” खान्दानका राहुल गान्धीको पशुपतिनाथमा बिशेष पुजा गर्ने इच्छा

काठमाडौँ : भारतीय पुर्वप्रधानमन्त्री इन्द्रा गान्धी र फिरोज खानका नाति तथा अर्का पुर्वप्रधानमन्त्री राजिव गान्धी र सोनिया गान्धीका छोरा राहुल गान्धीको हिन्दु केन्द्रित धार्मिक यात्राबारे यतिबेला निकै चर्चा भइरहेको छ ।

अखिल भारतीय कङ्ग्रेस अध्यक्ष समेत रहेका राहुल गान्धी नेपाल हुँदै तिब्बत स्थित रहेको कैलास मानसरोवर यात्रामा निस्केका बेला मांसाहारी खाना खाएपछि उनको चर्चा थप बढेको थियो ।

यता, काठमाडौं स्थित पशुपतिनाथमा पुजा गर्ने उनले प्रयास समेत गरेपछि थप धार्मिक बहस बढेको छ । मुस्लिमको नाति र इसाईका छोरालाई हिन्दु मान्ने कि न मान्ने र उनलाई पशुपति प्रवेश गर्न दिने कि न दिनेमा बहस सुरु भएको हो ।

समाचार श्रोतका अनुसार उनले कैलाश मानसरोवरको दर्शन गरेर फर्केपछि उनले पशुपतिनाथको दर्शन गर्ने इच्छा ब्यक्त गरेका छन् । त्यसका लागि उनका समुहले अर्कैको नाममा विशेष बुकिङ समेत गराएका छन् ।

स्रोतका अनुसार गान्धी सेप्टेम्बर १२ मा मानसरोवरबाट काठमाडौँ आएलगत्तै उनका समुहले पशुपतिनाथको दर्शनसँगै विशेष पूजा गराउने कार्यक्रम तय गरिएको छ । तर यसअघि इन्द्रा र सोनियालाई प्रवेश निषेध गरिको पशुपति ब्यवस्थापनले यसपटक राहूललाई प्रवेश गर्न देलान् त यो भने प्रतिक्षाको विषय बनेको छ ।

गान्धी गत शुक्रबार दिल्लीबाट काठमाडौँ आएको भोलिपल्टै पशुपति दर्शनका लागि प्रयास गरेका थिए तर अनुकुल मिलेको थिएन त्यसपछि उनि कैलाश मानसरोवरका लागि भन्दै चीन प्रस्थान गरेका थिए । गान्धी निकट स्रोतका अनुसार उनले मानसरोवरको जल पशुपतिनाथलाई अर्पण गर्ने र त्यसपछि पशुपतिनाथमा विशेष पूजा गर्ने तयारी रहेको छ ।

गान्धीको विशेष पूजाका लागि करीब ६० हजार रकमको तयारी गरिएको छ। सामान्यतया कुनै पनि व्यक्तिले पशुपतिनाथमा विशेष पूजाका लागि तोकिएको रकम अग्रिमरूपमा बुझाउनु पर्ने हुन्छ ।

तर, पशुपति क्षेत्र विकास कोषले भने पूजाका लागि गान्धीले आफ्नो नामबाट त्यस्तो कुनै बुकिङ नगरेको जानकारी दिएको छ । कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले यदि राहुल गान्धी आएमा उनलाई पुजा गर्न दिने बताए । “उहाँको बुवा राजिव गान्धीले पशुपति प्रवेश गरिसक्नु भएको छ” उनले भने “उहाँले ले पनि पाउनुहुन्छ तर भारतीय दुतावास र परराष्ट्र मन्त्रालयले अहिलेसम्म कुनै जानकारी दिएको छैन ।”

भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा)का नेताहरुले भने गान्धीको यो यात्रा राजनीतिक भएको आरोप लगाईरहेका छन् । उनी गैर-हिन्दू भएको र राजनीति फाईदाका लागि धार्मिक ढोङ्ग गरिरहेको आरो भाजपाको रहेको छ । उता, मानसरोवर यात्रामा रहेका गान्धीले ट्वीटरमार्फत मानसरोवरको जल र त्यहाँको पवित्रताको बयान गर्दै त्यो जल घृणा मुक्त रहेको भनेर भाजपा नेतालाई घुमाउरो जवाफ दिएका छन् ।

प्रकाशित मिति: Sep 7, 2018

प्रतिक्रिया दिनुहोस्