Logo
६ जेष्ठ २०८१, आईतबार
(September 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कथा काठमाण्डू’ को ‘हट एण्ड बोल्ड’ ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ : चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

चलचित्रमा समावेश ‘रातको कुरा’ बोलको गीत सार्वजनिकसँगै यसले खुबै चर्चा पाएको थियो । संगीता श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रलाई विजय राइले निर्माण गरेका हुन् । ट्रेलरले काठमाडौंमा हुने तीन भिन्नभिन्न कथालाई देखाएको छ ।

यो फिल्ममा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ ।कथा पनि उनकै हो । ट्रेलर सार्वजनिक कार्यक्रममा उनले ‘रातको कुरा’ गीतमा इन्टिमेट सिन राख्नुको कारण ट्रेलरबाट प्रस्ट भएको बताइन् । सो दृश्य कथाको माग अनुसार नै गीतमा राखिएको उनको भनाई छ ।

अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । असोज १२ गते आउने उक्त फिल्ममा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् ।

प्रकाशित मिति: Sep 2, 2018

प्रतिक्रिया दिनुहोस्