Logo
६ जेष्ठ २०८१, आईतबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदिप र मेलिना राईको ‘ओ सानी’ बोलको गीतको भिडियो सार्बजनिक (भिडियो)

काठमाडौँ : गायक प्रदिप पाण्डे र गायिका मेलिना राईको स्वरमा रहेको ‘ओ सानी’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ ।

भिडियोमा रियालिटी शो डि.आइ.डि मा धमाका मचाएका डान्सर सुजन मार्पाको साथमा ओशन बास्तोला र रानी श्रेष्ठलाइ फिचर गरिएको छ । सार्बजनिक गीतमा शब्द तथा संगीत गायक स्वयम् प्रदिप पाण्डेको रहेको छ । आशिष अविरलले संगीत संयोजन गरेको गीतको भिडियोलाइ ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् भने विकास ज्ञवालीले सम्पादन गरेको भिडियोलाइ सुजन मार्पाले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।

ओ सानी गीत अहिलेको समयको चल्तीको गीत बनेको छ । गायक प्रदिप पाण्डेले यस अघि पनि विभिन्न गीतहरुमा आफ्नो स्वर दिइ सकेका छन् । लेक्चरर पाण्डेले संगीत क्षेत्रमा पनि आफुले समय दिने र निरन्तर गीत संगीत सार्बजनिक गरि रहने बताए ।

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्