Logo
६ जेष्ठ २०८१, आईतबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धमला पत्नी एलिजाको ‘अनुराग’ अफिसियल ट्रेलर सार्वजनिक

 काठमाण्डौ : असोज १२ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।
अनु र रागको प्रेममा आउने उचारचढावको कथा फिल्मले वाचन गर्ने ट्रेलर बोल्छ । यो फिल्ममा एलिजाको नव-नायक समुन्द्र पण्डितसँग जोडी बाँधिएको छ । ‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ ।
सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ । ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् ।
भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् ।

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्