Logo
६ जेष्ठ २०८१, आईतबार
(August 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साम्राज्ञी र धिरज स्टारर चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ : केहि समय पहिले सार्बजनिक गीत संगीत र टिजरबाट उत्कृस्ट प्रतिक्रिया पाउन सफल चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

साम्राज्ञी राज्यलक्ष्मी शाह र डेव्यु अभिनेता धिरज मगर स्टारर चलचित्रको सार्वजनिक ट्रेलरमा चलचित्रका सम्पुर्ण कलाकारलाई फोकस गरिएको छ । लभस्टोरी कथामा निर्माण भएको चलचित्रमा एक प्रेम जोडीलाई विशेष रुपमा प्रस्तुत गरिएको छ ।

प्रज्वल समशेर जबरा र प्रभु समशेर जबराले निमार्ण गरेको चलचित्रलाई कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशन गरेकी हुन् । ‘इन्टु मिन्टु लण्डनमा’ का सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

शैलेन्द्र ध्वज कार्कीको छायांकन रहेको चलचित्रमा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत कलाकारको मुख्य अभिनय रहेको छ । चलचित्र असोज ५ गते बाट प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति: Aug 29, 2018

प्रतिक्रिया दिनुहोस्