Logo
२३ बैशाख २०८१, आईतबार
(August 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेमा हरियाली, बजार पूँजीकरण १४ खर्बमाथि पुग्यो

भदौ ३ गतेदेखि घटिरहेको बजार १२ औं दिनमा आएर हरियो हुँदा लगानीकर्ताले राहतको श्वास फेरेका छन् । तर समग्र अवस्था हेर्दा अझै बजार कता जान्छ भन्नसक्ने अवस्था छैन ।

कारोबारको सबा तीन घण्टा नकारात्मक रहेको सेयर बजारले अन्तिम ४५ मिनेटमा लय कायम राख्दा बजारले केही आशा उत्पन्न गराएको छ ।

मंगलबार नेप्से परिसूचक १।३७ अंकले बढेर ११७७।०९ मा पुगेको छ । सूचक सामान्य बढ्दा सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति बढेर १४ खर्ब माथि पुगेको छ ।

कारोबारमा आएका १५४ कम्पनीमध्ये ५९ कम्पनीको सेयरमूल्य घटेको छ भने ६५ कम्पनीको सेयरमूल्य बढेको छ । ३० कम्पनीको सेयरमूल्यमा कुनै उतार चढाव आएन ।

यस दिन ६ लाख २२ हजार ८०१ कित्ता सेयर १९ करोड ५ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । आइतबार २।७८ अंकले घटेको परिसूचक मंगलबार १।३७ अंकले नेप्से बढे पनि सेयर कारोबार रकममा एक करोड ५० लाख रुपैयाँलेल कमी आएको छ । आइतबार २० करोड ५५ लाख रुपैयाँको कारोबार भएको थियो ।

प्रकाशित मिति: Aug 28, 2018

प्रतिक्रिया दिनुहोस्