Logo
२४ बैशाख २०८१, सोमबार
(June 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इराकमा भएको विस्फोटनमा १४ को मृत्यु, ९० घाइते

इराकको बग्दाद अन्तर्गत पर्ने साडर सिटी जिल्लामा भएको विस्फोटनमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार भएको सो घटनामा परी अरु ९० जना घाइते भएका छन् ।

“हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार पूर्वी बग्दादमा भएको विस्फोटनमा परी अहिलेसम्म १४ जनाको मृत्यु भएको छ भने अन्य ९० जना घाइते भएका छन्,” गृह मन्त्रालयको श्रोतले जनाएको छ ।

इराकको गृह मन्त्रालयको श्रोतलाई उल्लेख गर्र्दै राज्यद्वारा सञ्चालित चिनियाँ समाचार संस्था सिन्ह्वाले सम्प्रेषण गरेको समाचार अनुसार विस्फोटनबाट मानवीयसँगै भौतिक क्षति समेत भएको छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्रै आतङ्कवादी आक्रमण हो वा आकस्मिक दुर्घटना हो भन्ने प्रष्ट हुने अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति: Jun 7, 2018

प्रतिक्रिया दिनुहोस्