Logo
२५ बैशाख २०८१, मंगलबार
(June 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दही खनाले स्वास्थमा के के फाइदा हुन्छ ?

एजेन्सी : दूध, दही, घी, मक्खन, आदि । सबै शुद्ध आहारहरू हो । शाकाहारी खानामा यसलाई प्रयोग गर्न आवश्यक छ । धेरै प्रकारका प्रोटीनहरू र भिटामिनहरू यसबाट प्राप्त हुन्छन् ।

दूध जमायर दही बनाइन्छ । दही मा ब्याक्टेरिया ल्याक्टोबिलिलस हुनछ, जसले दूधमा ल्याक्टोजमा तुरुन्तै ल्याक्टिक एसिडमा परिणत गर्दछ ।

दहीका बाह्र फाइदा

  • शरीरलाई ठंडारचिसो राख्छ स् दहीमा पानी मिसाई लस्सी बनाई वा मही बनाई पिउनाले शरीरमा पानीको मात्रा प्रशस्त हुनुका साथै पेटको गर्मी पनि हराएर जान्छ ।
  • पसिनाको गन्धबाट मुक्ति स् दही र बेसनलाई मिक्स गरेर त्यो मिश्रणले मालिस गर्नुहोस् केही समयपछि नुहाउनुहोस् यसले पसिनाको गन्धबाट मुक्ति दिलाउँछ ।
  •  हड्डीलाई मजबुत बनाउँछ स् दहीमा प्रसस्त मात्रामा पाइने क्याल्सियमले हड्डीलाई मजबुत र स्वस्थ राख्न मद्दत गर्छ ।
  • स्वस्थ मुटु स् दहीले शरीरबाट कोलेस्टेरोलरको मात्रा घटाउने काम गर्छ । यसले तपाईंको मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
  •  जोर्नीको दुखाईबाट मुक्ति स् दहीमा हिंग मिसाएर खानाले जोर्नीको दुखाईबाट मुक्ति मिल्छ ।
  • पाचन प्रक्रियामा सुधार स् दहीमा पाईने चिनिको मात्राले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ ।
  • तौल बृद्धि स् दहीमा किसमिस बदाम वा काजु मिलाएर खानाले तौल बढाउन मद्दत गर्छ ।
  •  चमकदार त्वच्चा स् छालामा दही र कागतिको रस मिलाएर लगाउनुस् र केही समयपछि सफा पानीले छाला पखाल्नुस् । यसले छाला चम्किलो सुन्दर र स्वस्थ राख्छ ।
  • स्वस्थ कपाल स् दहीले कपाल पाँच मिनेट जति मालिस गर्नुस् र केही बेर पछि नुहाउनुस् यसले कपाल चम्किलो, बलियो र सुन्दर राख्छ ।
  •  चाँया भगाउछ स् दहीमा मरिच पाउडर मिसाएर त्यसले टाउकोमा मालिस गर्नुस् हप्ताको दुईपट यसो गर्नले तपाईको चाँयाको समस्या कम हुन्छ ।
  • ओठ फुट्न कम स् दहीको मलाइ९नौनी० दिनको दुई तीन पटक ओठमा लगाउनाले ओठ फुट्ने समस्याबाट मुक्ति मिल्छ ।
  •  मिठो निन्द्रा स् हरेकदिन एक कचौरा दहीखाने बानी गर्नाले राति मिठो निन्द्रा लगाउन मद्दत गर्छ ।

प्रकाशित मिति: Jun 4, 2018

प्रतिक्रिया दिनुहोस्