Logo
१५ चैत्र २०८०, बिहीबार
(March 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिनावारीको बेलामा यौन सम्पर्क राख्नु हुन्छ कि हुँदैन ?

मासिक रूपमा डिम्ब निष्कासनपछि शुक्रकीटसँग मिलन हुन पाएन अर्थात् गर्भ रहेन भने डिम्ब निस्केको दुई हप्तापछि मासिक स्राव हुन्छ।

महिनावारी वयस्क महिलामा हुने प्राकृतिक शारीरिक प्रक्रिया हो। महिनावारी आफैँमा कुनै अपवित्र वा दूषित होइन। महिनावारीको बेला खेर जाने रगत खराब खालको होइन भन्ने कुरा पनि प्रष्टिनु जरुरी छ।

महिनावारीलाई अपवित्र मान्ने चलन पनि छ, यहाँ। नेपाली समाजमा अझै पनि महिनावारीका बेला पानी, पूजा, मांगलिक कार्यमा सरिक हुन दिँदैन। बार्ने गरिन्छ। महिनावारीको बेलामा गरिने सामाजिक तथा धार्मिक बन्देजलाई महिलामाथिको विभेद भन्न सकिन्छ।

एकातिर महिनावारीका बेला यौन सम्पर्क राख्यो भने पुरुष तथा समाजलाई नराम्रो होला कि भन्ने अन्धविश्वास छ। कतिपय धार्मिक आख्यानमा महिनावारीका बेलाको यौन सम्पर्कलाई पाप नै मान्ने गरेको छ। महिनावारीका बेला स्वस्थ दम्पतीबीच यौन सम्पर्क राख्न मिल्छ। गर्भावस्थामा तथा योनि मार्गबाट कुनै कारण रगत बगेको अवस्थामा भने यौन सम्पर्क राख्नु हुँदैन।

महिनावारी बेगर अन्य बेला यौन सम्पर्कका क्रममा योनि मार्ग रसिलो बनाउन तथा यौन कार्यलाई सहज बनाउन योनि रस उत्पादन हुन्छ। यस हिसाबले महिनावारीमा आउने रगत र योनि रसबीच खासै भिन्नता हुँदैन अर्थात् यी दुवै स्रावले पुरुष लिंगमा खासै नकारात्मक असर पुर्या‍उँदैन।

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित हुन्छन्। महिनावारीको बेला महिलाको शरीरमा अनेक प्रकारका हार्मोनल परिवर्तन हुने गर्छ।

रगतको मात्रा बढी बगेको बेलामा यौन सम्पर्क राख्नु हुँदैन। यस्तो बेला योनि रस वा महिनावारीको रगत मिश्रित स्राव गन्ध पृथक हुन सक्छ। कतिपय पुरुष पार्टनरलाई अप्रिय लाग्न सक्छ।

महिनावारीको बेला रगत तथा रोगसँग लड्ने क्षमता पनि कम हुने कुराको हेक्का राख्नुपर्छ। महिनावारी भइरहँदा कतिपय महिलाले कमजोरी वा थकित महसुस गर्ने हुनाले यौन सम्पर्क राख्न अनिच्छा हुन सक्छ।

त्यसैले महिला पार्टनरको इच्छा विपरीत करबल गर्नु हुँदैन। पुरुषले आफ्नो पार्टनर वा श्रीमतीको चाहना वा स्विकृतिमा मात्र महिनावारीका बेला यौन सम्पर्क राख्नु राम्रो हुन्छ।यो समयमा महिलाहरुले खानपान लगायत धेरै कुरामा ख्याल राख्नु पर्दछ।

यौन सम्बन्ध
महिनावारीको समय यौन सम्बन्ध राख्नु हुँदैन। किनकी महिनावारीको समय यौन सम्पर्र्क राख्दा निकै कष्टदायी हुन्छ। साथै त्यसको धेरै साइड इफेक्ट पनि हुन सक्छ।

महिनावारीको समय यौन सम्पर्क गर्दा गर्भ रहँदैन भन्ने कतिपयको सोचाइ छ। तर विभिन्न संक्रमणबाट जोगिन महिनावारी भएको समयमा यौन सम्बन्धबाट टाढै रहनु पर्छ।

भोकको बेवास्ता
महिनावारीको समय पर्याप्त मात्रामा पौष्टिक तत्वयुक्त खाना खानु पर्छ। महिनावारीको समय शरीर निकै कमजोर हुने गर्छ, त्यसैले यो समय फलफूल तथा पोषणयुक्त खाना खाइरहनु पर्दछ।

कडा शारीरिक श्रम
महिनावारीको समयमा धेरैलाई पेट दुख्दा पीडा हुने वा पिठ्यू दुख्ने हुन्छ, त्यसकारण यस्तो समयमा सकेसम्म शारीरिक श्रम गर्नु हुँदैन।

प्याडको प्रयोग
महिनावारीका बेला हरेक ३–४ घण्टामा प्याड परिवर्तन गर्नु पर्दछ। यदि प्याडको साटो कपडा प्रयोग गर्ने गरेमा सकेसम्म सुतीको कपडा मात्र प्रयोग गर्नुपर्छ। उक्त कपडा पनि ३–४ घन्टामा परिवर्तन गर्नु पर्दछ। यसले संक्रमणबाट जोगाउनुका साथै दुर्गन्धबाट पनि टाढा राख्न मद्दत गर्दछ।

कसिलो कपडा
महिनावारीको समय निकै कसिलो कपडा लगाउनु हुँदैन। यो बेला सकेसम्म सुतीको, हलुका अनि खुकुला लुगा कपडा लगाउनु पर्छ। किनकी यस्ता कपडा लगाउँदा हावा पास हुने गर्छ र शरीरमा चिड्चिडापन हुन दिदैँन।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Mar 31, 2022

प्रतिक्रिया दिनुहोस्