Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महानगर दिवसका अवसरमा सैनिक मञ्चमा नि:शुल्क स्वास्थ्य शिविर

२८औं महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले नेपाली सेनासँगकाे साझेदारीमा बृहत् स्वास्थ्य शिविर र नि:शुल्क औषधि वितरण गरिरहेकाे छ ।

बुधबार र बिहीबार बिहान ८ बजेदेखि १२ बजेसम्म बिरामीको नाम दर्ता र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य परीक्षण गरिने जनाइएकाे छ । सहिदगेटस्थित नेपाली सेनाको खेल मैदानमा उक्त शिविर सञ्चालन भइरहेको सेनाले जनाएको छ ।

शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, स्त्री रोग, अल्ट्रा साउण्ड बालरोग, आँखा रोग, नाक कान घाँटी रोग, नसा तथा मानसिक रोग तथा दन्तरोगसम्बन्धी परीक्षण र औषधि वितरण भइरहेकाे काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: Dec 14, 2022

प्रतिक्रिया दिनुहोस्