Logo
२ जेष्ठ २०८१, बुधबार
(April 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आचार्यमाथि गोली प्रहार,घटनाको निन्दा गर्दै उचित छानवीन गर्नुपर्ने राप्रपाको माग

बिराटनगर:बिराटनगर बालसन्त स्वामी श्रीनिवास आचार्यमाथि गए राति १ः४५ बजे गोली प्रहार गरीएको छ ।उनलाई अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ । विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट घाइते भएका आचार्यको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई दाहिनेतर्फको माथिल्लो भागमा गोली लागेको छ । यतिखेर आचार्य खतरामुक्त रहेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिएका छन् ।

विराटनगर– १४ स्थित रामजानकी मन्दिरमा आजदेखि शुरु हुने भनिएको श्रीमद्भागवत पुराणवाचन गर्नका लागि आचार्य विराटनगर पुगेका थिए ।अभियुक्तको खोज भइरहेको प्रहरीले जनाएको छ । यसैबिच ,राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन समूहले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै घटनाको अविलम्ब छानवीनको माग गरेका छन् । राप्रपाका प्रवक्ता भुवन पाठकले आज विज्ञप्ति जारी गरी केही समयदेखि हिन्दूत्वलाई कमजोर बनाउने, हिन्दू धर्मगुरु र धार्मिक संघसंस्थालाई भयभीत तुल्याउने उद्देश्यले घटना गराइएको आरोप लगाउँदै धार्मिक गुरु एवं व्यक्तित्वको सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गर्ेका छन् । विज्ञप्तिमा अपराधीलाई सजाय दिन र यस प्रकारको घटना दोहोरिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । विज्ञप्ति जारी गरी घाइते आचार्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनामा संलग्न अभियुक्तलाई पहिचान गरी दण्डित गर्न आग्रह गरीएको छ ।

प्रकाशित मिति: Apr 8, 2018

प्रतिक्रिया दिनुहोस्