Logo
२४ बैशाख २०८१, सोमबार
(March 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऋषि धमला : जो रत्नपार्क स्थित कराई-कराई पत्रिका बेच्ने चर्चित हकर थिए

संचारक्षेत्रमा आजको चर्चित नाम मध्येका एक ऋषि धमलाको सार्वधिक चर्चा छ । तर उनका अथित भने निकै फरक रहेको छ । बरिष्ठ पत्रकार कुशुम भट्टराई विचार जस्ताको त्यस्तै :

शम्भु श्रेष्ठ र ऋषि धमलाजीको किस्सा याद आयो, आज रिपोर्टर्स क्लवको वार्षिकोत्सव । ऋषि धमलाजीको दशैं आजै हो । तर, केही वर्ष यता म यो क्लवसँग सम्बन्धीत नरहेकाले धमलाजीले बार्षिकोत्सवमा पनि बोलाउन छाडनु भएको छ । तर, आज पुरस्कारसम्बन्धी एउटा समाचार पढेपछि पुरानो कुरा याद आयो ।

कुशुम भट्टराई

कुनैबेला ऋषि धमलाजी ‘समालोचना दैनिक’ भन्ने पत्रिका रत्नपार्कमा गणेशथाननेर कराई कराई बेच्नुहुन्थ्यो । त्यतिबेला उहाँ चर्चित हकर हुनुहुन्थ्यो । ‘अब मारामार, अच्युत खरेलले हेलिकोप्टरबाट किर्तिपुरका जनतामाथि गोली हाने’ भन्दै कराउँदै पत्रिका बेच्ने उहाँको विशिष्ठ शैली थियो ।

बहुदल आएपछि धमलाजीले शम्भु श्रेष्ठले प्रकाशन गर्ने ‘दृष्टि साप्ताहिक’मा विज्ञापन उठाउने काम पाउनुभएछ । दृष्टि प्रकाशनले नै ‘सौर्य’ नामक मासिक पनि निकाल्न थालेछ र धमलाजीले त्यसमा पनि धमाधम विज्ञापन खोजेर ल्याउनुभएछ । धमलाजी उतिबेलादेखि चलाख । भयो के भने, विज्ञापनबापतको रकम सम्बन्धीत संस्थाबाट धमलाजीले आफै उठाएर खान थालेपछि शम्भुजीलाई टेन्सन भएछ । त्यत्रो विज्ञापन छापेको छ, पैसा उठेको हैन । विज्ञापनदाता भन्थे, ‘हामीले पैसा धमलाजीलाई भुक्तानी गरिसक्यौं ।’

शम्भुजी पत्रकार कम, प्रकाशक ज्यादा । उहाँले एकदिन बाध्य भएर दृष्टिमा धमलाजीको फोटै राखेर एउटा सूचना निकाल्नुभयो, ‘विभिन्न आर्थिक हिनामिना गरेकाले ऋषि धमलालाई दृष्टि प्रकाशनबाट निश्कासन गरिएको छ । धमला अब दृष्टी साप्ताहिकसँग सम्बन्धित नरहेकाले अब आइन्दा उनीसँग कुनै पनि किसिमको कारोबार नगर्नुहुन सूचना गर्दछौं ।’ विधिको खेल हेर्नुस्, आज चैत्र १७ गते धमलाजीले तिनै शम्भु श्रेष्ठजीलाई एक लाख रुपैयाँ बराबरको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ दिदै हुनुहुन्छ ।

सायद, शम्भुजीले धमलाजीलाइ दृष्टिबाट त्यसरी अपमानजनक ढँगले ननिकालेको भए धमलाजीले रिपोर्टर्स क्लव स्थापना गर्नुहुन्थेन र आज धमलाजीको यत्रो ‘अन्र्तराष्ट्रिय ख्याती’ हुँदैनथ्यो होला । सायद सोही गुन तिर्न शम्भुजीलाई पुरस्कार दिइएको हुनसक्छ । धमलाजी मनकारी मान्छे हो । @भट्टराईको एफबीवालबाट

प्रकाशित मिति: Mar 31, 2018

प्रतिक्रिया दिनुहोस्