Logo
२ जेष्ठ २०८१, बुधबार
(February 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माथिल्लो कर्णाली जलविद्युत परियोजनामा बम विस्फोट

काठमाडौं : शनिवार राती माथिल्लो कर्णाली परियोजनामा अज्ञात समूहले वम विष्फोट गराएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी सरोज पौडेलेका अनुसार त्यहा प्रेशरकुकर बम विष्फोट भएको र बम जिएमआरको कम्पाउन्ड बाहिर राती पौने १० बजेतिर विष्फोट भएको थियो । बम विस्फोटबाट कार्यालय बाहिरको पर्खालमा क्षति पुगेको छ ।

कार्यालयको सुरक्षार्थ खटिएका प्रहरीले भने आफुले विस्फोट पछि के भयो केही थाहा नपाएको बताएका छन् । घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति: Feb 11, 2018

प्रतिक्रिया दिनुहोस्