Logo
२ जेष्ठ २०८१, बुधबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेलबाट छुटेका ब्यक्ति ८ महिनापछि डकैतीको आरोपमा पक्राउ

काठमाडौं : राम्रो आचरण देखाएको भन्दै जेलबाट छुटेका एक ब्यक्ति ८ महिनापछि डकैतीको आरोपमा फेरि पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप दोरोम्बाका भोजबहादुर थापा मगर रहेका छन् । सरकारले गणतन्त्र दिवसको अवसर पारेर १४ जेठमा ‘आचरण सुधार गरेका’ ७५९ कैदीलाई रिहा गर्ने निर्णय गरेको थियो त्यसैबेला डाँका तथा चोरी मुद्दामा जेल परेका मगर पनि छुटेका थिए ।

भोजबहादुरको समूहले ९ माघमा भक्तपुरको सूर्यविनायक–८, गणेश चोकमा रहेको मनोहर बस्नेतको घरमा चोरी गरेका थिए । अनुसन्धानका क्रममा प्रहरीले भोजबहादरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ भने तीन जना फरार छन् ।पक्राउ पर्नेमा भोजबहादुरसँगै सिन्धुलीको मरिन–८ का ४० वर्षीय मिलन भनिने रत्नाबहादुर तामाङ, काभ्रेको धुलिखेल–१ का २६ वर्षीय विष्णु भनिने अमृत तामाङ र काभ्रेको घुलिखेल–१० का २७ वर्षीय सानुकान्छा ब्लोन छन् ।

रामेछाप दोरम्बा–४ का २६ वर्षीय टोकल भनिने रोहितबहादुर थापा मगर, सिन्धुपाल्चोक, मेलम्चीका बाइबा भनिने दीर्घबहादुर तामाङ र सिन्धुलापाल्चोक घर भइ हाल ललितपुरको भैसिपाटी बस्दै आएका विनोद तामाङ छन् । पक्राउ परेकाहरुको साथबाट ६ तोला पगालेको सुनको डिक्का, बा ८३ प ३७७३ नम्बरको एफजेड मोटरसाइकल, एक थान मोबाइल लगायत बरामद गरिएको छ ।

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्