Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आक्रमक लुकमा देखिए अनमोल (भिडियो सहित)

काठमाडौं : अनमोल केसी अभिनित प्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलर रिलिज गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्र २६ माघबाट प्रदर्शनमा आउदैछ ।

अनमोल केसी, अदीति वुढाथोकी, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, अनुप विक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा चन्द्र पन्तले एक्सन दिएका छन् ।

निर्माण युनिटले ट्रेलरमा एक्सनका दृश्यहरु भरपुर समेटेको छ । ट्रेलर हेर्दा चलचित्रमा अनमोल एक्सन र रोमान्टिक गरि दुई चरित्रमा रहेको अनुमान लगाउन सकिन्छ । करिब ३ मिनेट लामो ट्रेलरमा अभिनेत्री अदीति बुढाथोकी अनमोलसँग रोमान्टिक अवतारमा देखिएकी छिन् ।

सुवास इन्टरटेन्मेन्ट र द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको चलचित्रको कमल गिरी कार्यकारी निर्माता हुन् भने सह–निर्माता श्रीपराजुली रहेका छन् । सुवास गिरी र भूवन केसी यो चलचित्र मिलेर बनाएका हुन् ।

प्रकाशित मिति: Dec 15, 2017

प्रतिक्रिया दिनुहोस्