Logo
१२ श्रावण २०८१, शनिबार
(May 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टीकापुरमा ०५३ सालमै ५० हजारमा जग्गा किनेकी हुँ : आरजु राणा

८ जेठ, वैशाख । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले टिकापुर जग्गा प्रकरणमा जे जे छ सबै सार्वजनिक गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेकी छन् ।

मंगलबारको संसद बैठकबाट बाहिरिने क्रममा राणाले भनिन्, ‘मेरो भन्नु के छ भने जे जे छ सबै खोलेर देखाइदिनु । उनीहरु छन् पावरमा । मनगढन्ते कुरा त जसको पनि भन्न पाइन्छ ।’

उनले टिकापुरको जग्गा आफैं गएर हेर्न पत्रकारलाई अनुसन्धात्मक रिपोर्टिङ गर्न आग्रह गरिन् । ‘५० हजारमा किन्या हो । त्यसको सबै रिपोर्ट पनि गरिसक्या छ । मैले किनेको ५३ सालमा हो,’ उनले भनिन् ।

जग्गा घोटाला २०६३ पछि भएको उनले बताइन् ।

 

प्रकाशित मिति: May 21, 2024

प्रतिक्रिया दिनुहोस्