Logo
१८ बैशाख २०८१, मंगलबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार महासंघका पुर्व सभापति तथा सञ्चार उद्यमी समेतका दिग्गजहरु फोरममा प्रवेश

वीरगंज : संघीय समाजवादी फोरम नेपालका नेताहरु गदगद भएका छन् । फोरम नेपाल पर्साले आज वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्षुमानवामा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा वीरगंजका चर्चित तथा दिग्गज व्यक्तित्वहरु पार्टीमा आएपछि नेताहरु गदगद भएका हुन् । कार्यक्रममा वीरगंजका सञ्चार उद्यमी तथा नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष ध्रुव साह फोरम नेपालमा प्रवेश गरेसंगै पार्टीमा थप उत्साह छाएको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए ।

रेडियो वीरगंजका सञ्चालक समेत रहेको चर्चित पत्रकार साह विगत लामो समय देखि पर्साबाट पत्रकारिता गर्दै आएका छन् । उनी विगतको आन्दोलनमा मधेसको अवाज बुलन्द गर्न रेडियो बहस कार्यक्रम मार्फत जनतालाई सुसूचित गर्नेमा योगदान पुर्‍याउदै आएका हुन् । पत्रकार साह दुई दशक देखि पर्सामा पत्रकारिता गर्दै आएका हुन् । प्रेस चौतारीका सल्लाहकार, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षदसमेत रहेका साह समाजिक सञ्जाल मार्फत तिखो टिपण्णी र स्टेटसको लागि पनि चिनिन्छन् ।

उनीसंगै लक्षुमानवाका दर्जनौ दिग्गजा व्यत्तित्वहर पनि फोरम नेपालमा प्रवेश गरेका छन् । लक्षुमानवाका अभिभावककै रुपमा चिनिएका भागवत झा, रमेश यादव, युवा क्रान्तिकारी नेता ईश्वर यादव, मृत्युञ्जय झालगायत दर्जनौ नेता कार्यकर्ताहर फोरममा प्रवेश गरेका हुन् । भागवत झा चौधरी समुहका केही उद्योगका सिओओ पनि हुन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै फोरम नेपाल पर्साका अध्यक्ष तथा पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवले आजको कार्यक्रमले पर्साको राजनीतिमा तरङ्ग ल्याएको बताए ।यसले फोरम नेपालमा सकारात्मक सन्देश दिएको र दिग्गज व्यक्तित्वहरुको आबद्धताले पार्टीमा उत्साह छाएको उनले बताए ।

उनले आसन्न चुनावमा मधेसीवादी दलबाट राजपा–फोरम नेपाल गठबन्धन एउटै खेमा भएकोले सबैले उत्साहपुर्ण साथ र समर्थन अत्यावश्यक रहेको जिकिर गरे । दुई नं प्रदेशमा मधेसवादी दलको सरकार स्थापनाको लागि लक्षुमानावको कार्यक्रम उर्जाको स्रोतको रुपमा अनुसरण गर्नु पर्ने उनले सुझाव दिए ।

फोरम नेपालका केन्द्रीय उपाध्यक्ष तथा पर्सा क्षेत्र नं १ को २ बाट प्रत्यक्ष प्रदेश सभा सदस्य उम्मेदवार लालबाबु राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा करिमा बेगम, मौलाना नुरुलहोदा, केन्द्रीय नेता परुषोतम झा, सुन्दर प्रसाद कुर्मी, सल्लाउद्दीन अहमदलगाएतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा वडा नं १५ का नवनिर्वाचित वडा अध्यक्ष तथा काँग्रेसका नेता गजेन्द्र पटेललगायतको पनि उपस्थिति थियो ।

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्