Logo
३ जेष्ठ २०८१, बिहीबार
(October 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा नेताहरुको महिला मोह : महन्थको सट्टामा इन्द्रा, शरत्तसिंहको सिफारिसमा निर्जला

  • वीरेन्द्र कुमार,

आन्दोलन स्थगित गरि स्थानिय तह निर्चाचन हुदै चुनावी राजनीतिमा होमिएका राष्ट्रिय जनता पार्टीका शिर्ष नेताहरुले समानुपातिक सुचिमा निकै महिला मोह प्रर्दशन गरेका छन् ।

राजपा अध्यक्ष मण्डलका नेताहरुले यसअघि निर्वाचन आयोगमा पेश गरेका समानुपातिक सुचिलाई हेरफेर गर्दै बिभिन्न महिलाहरुको नाम तलमाथी र नयाँ समावेश गरेपछि उनीहरुको महिला मोह प्रर्दशन भएको हो ।

राजपाले यसअघि निर्वाचन आयोगमा बुझएको समानुपातिक सुचिमा रहेका नामावली सच्चयाउदै अध्यक्ष महन्थ ठाकुरको नाम हटाएको छ ।

ठाकुरलाई महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाइएको राजपा श्रोतले बतायो । आइतबार सच्चाइएको समानुपातिक सुचिमा रहेका नामावलीहरु मध्ये एक नम्बरमा चन्दा चौधरीको नाम रहेको छ भने सुचिको ३ नम्बरमा इन्द्रा झाको नाम रहेको छ, उनी ठाकुरकी सम्धिनी हुन ।

त्यसैगरि २ नम्बरमा इकवाल अहमद, ४ नम्बरमा निर्जला राउत, र ५ नम्बरमा नरमया ढकालको नाम रहेको छ ।समानुपातिक सुचिमा अन्य नामावलीहरु तलमाथी पारिएपनि, प्रायस् पुरानै रहेको छ ।

श्रोतका अनुसार ठाकुरको दवाबमा सम्धिनी झा र शरत्तसिंह भण्डारीले बरिष्ट नेता राउतको नाम राखेपछि राजपा अध्यक्ष मण्डलका अर्का नेताहरु अनिलकुमार झाले पत्नी डिम्पल झा र राजकिसोर यादवले सरिता यादवको नाम राख्न लाएका थिए तर पछि निर्वाचन आयोगमा गई हटाउन लगाएको बुझिएको छ ।

यद्यपी, सुचिमा अर्का शिर्ष नेता राजेन्द्र महतोकी पत्नी शैलदेवि महतोको नाम भने छैन । उनी निर्वतमान सांसद समेत हुन् तत्कालिन सदभावना पार्टीको सिफारिसमा समानुपातिकबाट सांसद चुनिएकी थिइन ।

प्रकाशित मिति: Oct 29, 2017

प्रतिक्रिया दिनुहोस्