Logo
२ जेष्ठ २०८१, बुधबार
(August 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपत्तिबाट प्रभावितहरुको उद्धार–उपचार भएन् : थर्ड एलायन्स

असलम भाट, बाँके : प्राकृतिक विपत्तिबाट प्रभावित भएकाहरुको उद्धार- उपचार र राहत वितरण कार्य बाँकेमा प्रभावकारी नभएको तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सले आरोप लगाएको छ । शुक्रबार राती देखि निरन्तर परेको पानीका कारण बाँकेको राप्तीसोनारी,नरैनापुर,डुडुवागाँउपलिका र कोहलपुर नगरपालिकाका केही भागहरु डुबानमा परे पनि डुबानबाट प्रभावितहरुलाई उद्धार गर्ने, राहात वितरण र उपचारको कार्यमा स्थानीय प्रशासनले प्रभावकारी कदम नचालेको प्रति थर्ड एलायनसको ध्यानकर्षण भएको जनाएको छ ।

थर्ड एलायन्स उप क्षेत्रीय कार्यालय नेपालगंजका प्रमुख आमल खानले आईतबार बाढी प्रभावीत क्षेत्रको स्थलगत अनुगमन गरी फर्किए पछि संचारकर्मीहरु संग कुरा गर्दै उहाँले भन्नु भयो,दैबिक प्रकोप उद्धार समितिले बाँकेमा प्रभावकारी काम गर्न नसकेको देखिएको बताउनु भयो । पिडितहरुलाई उद्धारका लागि परिचालन गरेको सशस्त्र र नेपाल प्रहरी राप्तीमा अत्याधीक पानी रहेका कारण फत्तेपुर तिर जान नसकी कम्दीमा नै बसी रहेको पाइएको बताउनु भयो ।

यस्तै डुडुवा गाँउपालिकाको वडा नं. २ बेतहानीको मूल सडकमा रहको पूल पानीले बगाए पछि आवात जावत गर्न कठिन भई रहेको बताउनु भयो । बेतहानी र होलियाका राप्ती किरनारमा रहेका गाँउहरु पानीले बगाएको छ भने मानिसहरुलाई स्थान्ीय प्रहरीको सहयोग उद्धार गरी सुरक्षित ठाँउमा प्रहरीले पठाए पनि होलियाको कृषि चौफेरीमा ५० जना जति मानिसहरु उद्धारको प्रखाईमा रहे पनि स्थानीय प्रशासनले हाल सम्म उनीहरुलाई उद्धार गर्न सकेको छैन् । जोखिमा रहेकाहरुलाई तत्काल उद्धार गरी सुरक्षितमा पठाउन अपिल गरेको छ ।

प्राकृतिक प्रकोपपछि देखिन सक्ने सरुवा रोग तथा महामारीबाट बेलैमा जोगिनका लागि चिकित्सकहरुको टोली तत्काल व्यवस्था गर्न थर्ड एलायन्सले आग्रह् गरेको छ । आइतबार प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा डुडुवा गाँउपालिका वर्डा नं.३ बनकट्टी,२ बेतहानी ४ कम्दीमा रहेको स्वास्थ्य चौकी खुले पनि स्वास्थय चौकी इन्चार्ज र अन्य कर्मचारीहरु नरहेका कारण बिरामीहरु रित्तो हाथ फर्किने गरेको पाइएको थर्ड एलायन्सले जनाएको छ । थर्ड एलायन्सले तत्काल स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य चौकीमा बस्ने वातारण मिलाउन आग्रह गरेको छ ।

यस्तै राप्तीसोनारी गाँउपालिको फत्तेपुरमा बाढीबाट विस्थाीतहरु स्थानीय स्कुल र सडकमा बसेर दिन रात बिताई रहेको वडा अध्यक्ष राम लखन थारुले बताउनु भयो । स्थानीय बासी बुद्धि चौधरीका अनुसार छटकपुर गाँउलाई राप्तीले बगाई सकेको बताउदै उनीहरुलाई बस्ने र खाने कुनै व्यवस्था हाल सम्म सरकारले गर्न नसकेकोले उचित राहतको लागि पहल गर्न अधिकरकर्मीहरु संग आग्रह गरेका छन् ।

प्रकाशित मिति: Aug 13, 2017

प्रतिक्रिया दिनुहोस्