Logo
१७ बैशाख २०८१, सोमबार
(August 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाका अध्यक्ष मण्डलमाथी बैठकमै लगायो गभ्भिर आरोप

काठमाडौँ : राष्ट्रिय जनता पार्टी नेपालका पदाधिकारीहरुले विधानप्रति असन्तुष्टि जनाएका छन् । बबरमहलस्थित पार्टी कार्यालयमा जारी पदाधिकारीको बैठकमा नेताहरुले विधान तानाशाही जस्तो भएको आरोप लगाएका हुन् । अध्यक्ष मण्डलबाहेक पार्टीका अरु कसैको अधिकार नै छैन जस्तो गरेर विधान बनाएर पार्टीलाई निरङ्कुशताको शैलीमा चलाउन खोजेको उनीहरुको आरोप छ ।

पार्टीका संयोजक महन्थ ठाकुरका सम्धी समेत रहेका महासचिव उमाकान्त झाले पार्टीमा कार्य समिति सर्वमान्य हुने तर त्यसलाई पनि वाइपास गरेर अध्यक्ष मण्डल सर्वशक्तिमान भएको आरोप लगाए । ‘अहिले पार्टीमा अध्यक्ष मण्डलले जे चाहन्छ, त्यही हुन्छ, अरुको यहाँ केही चल्दैन,’ भन्दै झाले विधानको हरेक दाफा संशोधन गर्नुपर्ने अवस्था रहेको कुरा राखका थिए ।

त्यस्तै, सहमहासचिव डा.सुरेन्द्र कुमार झाले पनि विधानमा व्यापक सुधारको आवश्यकता रहेको धारणा राखेका थिए । बैठकमा सहभागि एक नेताका अनुसार सहमहासचिव सुरेन्द्र झाले भने, हामी कलेजमा पढ्दा यो भन्दा राम्रो विधान बनाएका थियौं, यो विधानमा केही पनि छैन, तपाईहरु जस्तो अनुभवि व्यक्तिले यस्तो विधान कसरी बनाएका होला ।’

त्यति मात्र होइन, उनले अध्यक्ष मण्डलका नेताहरु आफै ‘नरेश’ बनेको पनि टिप्पणी गरेका थिए । उनले बैठकमा राखेको धारणा उद्धृत गर्दै राजपाका एक नेताले रातोपाटीलाई भने, ‘तपाईहरु आफूलाई देवता घोषणा गर्नुभयो । हामीले अस्वीकारे के नै हुन्छ र अब ? यो विधान हेर्दा सर्वसम्मतिले कुनै निर्णय होला भने अवस्था छैन । अध्यक्ष मण्डलले जे निर्णय गरेर सुनाउँछन् त्यो मान्य हामी बाध्य हुनेछौँ ।’

मञ्चमा आसिन छ जना अध्यक्षहरुलाई सम्बोधन गर्दै झाले प्रश्न गरेका थिए, ‘तपाईहरु पार्टीमा के निर्णय गर्नुहुन्छ, त्यसका जानकारी सबभन्दा पहिले लाजिम्पाट, बोलकोट र बुढानिलकण्ठ पुग्छ । हामी पार्टीका पदाधिकारीहरुलाई सञ्चारमाध्यममार्फत जानकारी हुन्छ । यो तरिकाले पार्टी कसरी सञ्चालन हुन्छ ।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवा दिल्ली जानुभन्दा पहिले समर्थन फिर्ता लिनुपर्ने सुझाव समेत दिएको स्रोतले जनाएको छ । भन्दै रातोपाटीमा रिर्पोट छ ।

त्यस्तै अर्का सहमहासचिव जेपी यादवले पनि छ पार्टीको एकीकरणबाट राजपा नेपाल बनेको जस्तो नदेखिएको टिप्पणी गरेका थिए । ‘अहिले पनि पार्टी मोर्चा जस्तै देखिएको छ । छ जनाको अध्यक्ष मण्डलले जे निर्णय गर्छ, त्यही सर्वमान्य हुने जस्तो विधान बनाइएको छ । यो त कार्यसमितिभन्दा पनि शक्तिशाली भएको छ,’ उनले भने । अध्यक्ष मण्डलको अगाडिमा बोल्नुको कुनै अर्थ नै नहुनेजस्तो अवस्था सृजना भएको उनले धारणा राखेका थिए ।

‘यो विधानलाई तानशाही विधान मानेपनि हुन्छ,’ उनले बैठकमा भनेका थिए, ‘अध्यक्ष मण्डलको अधिकारलाई यहाँ सर्वमान्य बनाउने प्रयास भइरहेको छ । महाधिवेशनलाई पनि वाइपास गर्ने प्रयास भइरहेको छ, जसलाई स्वीकार गर्न सकिदैन ।’ त्यस्तै सचिव उपेन्द्र महतो, सहमहासचिव सञ्जय यादव, उपाध्यक्ष निलम वर्मा, अनिल सिंहलगायतले विधान लोकतान्त्रिक तथा समावेशी नभएको आरोप लगाएका थिए । विधानमा व्यापक संशोधन गरी उनले यसलाई सर्वमान्य बनाउन सुझाव दिएका थिए ।

प्रकाशित मिति: Aug 4, 2017

प्रतिक्रिया दिनुहोस्