Logo
१९ बैशाख २०८१, बुधबार
(May 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धनका नाममा यादवको पक्षमा बिज्ञप्ती निकाल्ने सबै फोरमकै कार्यकर्ता !

काठमाडौँ, बैशाख २८: सघिय गठबन्धनको नाममा केहि जनजाती नेताहरुले निकालेको बिज्ञप्ती विवादमा फसेको छ । सघिंय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको पक्षमा निकालिएको उक्त बिज्ञप्तीमा हस्ताक्षर गर्ने सबै नेतारु फोरम नेपाल दलसंगै आवद्ध रहेका छन ।

केहि दिन अघि बिना सहमती उपेन्द्र यादव नेतृत्वको संघिय गठबन्धन चुनावमा भाग लिएपछि ६ ओटा दलहरु मिलेर बनेको राजपा नेपालका प्रमुख नेता महन्थ ठाकुरले्र संघीय गठबन्धनबाट यादवलाई कारवाही गरेर निष्काशन गरेको थियो ।
तत्कालिन रापसपा महासचिव तथा हाल राजपाका नेता केश्व झाले उपेन्द्र यादवको पक्षमा जारी गरिएको बिज्ञप्ती आधिकारिक नभई फोरम दलिय बिज्ञप्ती भएको बताएका छन । झाले फेसबुकमा समेत स्टाटस लेख्दै त्यहाँ हस्ताक्षर गर्नेहरु सबै जना नेताहरु फोरमका नेता रहेको बताएका छन ।

उनले स्टाटसमा लेखेका छनः

१.लिम्बुवान सन्युक्त संघर्ष समिती- रकम चेम्जोङ
२.शेर्पा स्वायत्त प्रदेश सन्युक्त आ.प.स.- लाक्पा शेर्पा
३.ताम्सालिङ सन्युक्त संघर्ष समिती- जय गोल
४.मगरात सन्युक्त संघर्ष समिति – नवीन रोकामगर
५.तमुवान सन्युक्त संघर्ष समिती- हुम गुरुङ
६.नेवा:स्वायत्त राज्य संघर्ष समिती- नरेश ताम्राकार
७.थरुहट/थारुवान सन्युक्त संघर्ष समिती-होरिलाल चौधरी
८.राष्ट्रिय शिल्पी आन्दोलन नेपाल- दान बहादुर बिक
माथी उल्लेखित यी सबै समितिका संयोजक ससफो नेपालका नेता हुन त्यसकारण भ्रमको खेती नगर्न आग्रह गर्दछु।यस्तो बिग्यप्तिले सत्यलाई छेक्न सक्दैन त्यसकारण बरु चुनाव छोडेर आन्दोलनमा लाग्न सबैलाई आग्रह गर्दछु।

प्रकाशित मिति: May 11, 2017

प्रतिक्रिया दिनुहोस्