Logo
२६ बैशाख २०८१, बुधबार
(March 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको मञ्च नजिक मोर्चाको प्रदर्शन, एमालेको झण्डासँगै मोर्चाको कालो झण्डा

इनरुवा , फागुन २३  सुनसरीको इनरुवामा नेकपा एमालेले मेची–महाकाली अभियानअन्तर्गत आयोजना गर्न लागेको जनसभाको मञ्च नजिकै मधेसी मोर्चाका कार्यकर्ताले नारा जुलुस तथा प्रदर्शन गरेका छन् ।

करिब ५० जनाको संख्यामा आएका मोर्चाका कार्यकर्ताले मञ्च छेउ पुगेर एमाले र पार्टी अध्यक्ष केपी ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।

कार्यक्रममा पार्टीका शीर्ष नेताहरु भने आइपुगेका थिएनन् । प्रहरीले सम्भावित झडप रोक्न उनीहरुलाई सहिद गेटमा इनरुवा तर्फ पठाएको छ ।

त्यस्तै, एमालेले सडकहरुमा राखेको झण्डासँगै मोर्चाका कार्यकर्ताले कालो झण्डा पनि राखेका छन् ।

प्रकाशित मिति: Mar 6, 2017

प्रतिक्रिया दिनुहोस्