Logo
२६ बैशाख २०८१, बुधबार
(December 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रिश्चियन र हिन्दु परम्परा अनुसार विवाहपछि प्रियंका चोपडाले फेरिन् आफ्नो नाम

अभिनेत्री प्रियंका चोपडाले आफ्नो नाम फेरेकी छन् । उनले बिहीबारदेखि आफ्नो नाम औपचारिक रुपमा फेर्दै प्रियंका चोपडा जोनस राखेकी छन् । निक जोनससँग विवाह गरेकी प्रियंकाले इन्स्टाग्राममा आफ्नो नाम प्रियंका चोपडा जोनस राखेकी हुन् । उनीहरुको विवाह पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी भएका थिए ।

चोपडा र अमेरिकी गायक निक जोनसले हिन्दु परम्परा अनुसार आइतबार विवाह गरेका छन् । शनिवार उनीहरुले क्रिश्चियन परम्पराअनुसार विवाह गरेका थिए । केटा र केटी दुवैको आ–आफनो धार्मिक रिवाजअनुसार विवाह गर्ने योजनाअनुसार आइतबार उनीहरूले हिन्दू परम्पराअनुसार विवाह गरेका हुन् ।

राजस्थानको जोधपुरस्थित उम्मेद भवन प्यालेसमा ३ दिनका लागि वैवाहिक समारोह तय गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विवाहका लागि निम्ता गरिएका राष्ट्रिय अन्तराष्ट्रिय पाहुनाहरू अहिले जोधपुरमा छन्, जसमध्ये केही हलिउड स्टार पनि छन् ।

प्रियंका र निकले शनिबार मात्रै क्रिश्चियन परम्पराअनुसार विवाह गरेका थिए । विवाह अगाडि संगीत र मेहन्दीको विधि भएको थियो ।त्यस क्रममा प्रियंकासमेत नाचेकी थिइन् । उक्त विधिपछि भएको भोजमा पाहुनाहरूलाई राजस्थानीसहित १५० प्रकारका परिकार खुवाइएको थियो ।

प्रकाशित मिति: Dec 7, 2018

प्रतिक्रिया दिनुहोस्