Logo
१८ बैशाख २०८१, मंगलबार
(March 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पलको बयान : ‘राति सुत्ने बेला गुड नाइट भन्न ढोकासम्म पुगेको हुँ मैले जबरजस्ती गरेको होइन’

नावालिका माथी बलात्कारको आरोपमा पक्राउ परी हिरासतमा रहेका अभिनेता पल शाहले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् ।

प्रहरी हिरासतमा रहेका पल शाह विरुद्धको अनुसनधान चलिरहेको छ ।कावासोतीस्थित सरकारी वकिलसमक्ष दिएको बयानमा पलले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् ।

प्रहरी स्रोत पलले सरकारी वकिललाई दिएको बयान उद्धृत गर्दै भन्यो,“हामी सुटिङमा क्रममा यहाँ भेटिएका हौँ । राति सुत्ने बेला म गुड नाइट भन्न ती गायिकाको ढोकासम्म पुगेको हुँ । जबरजस्ती गरेको होइन ।”

उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको छ ।उनी विरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलो पटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद दिएको छ ।

पलविरुद्ध गैँडाकोटमा समेत उजुरी परेपछि उनलाई मङ्गलवार त्यहाँ लगिएको थियो । उनले बुधवार नवलपरासीको कावासोतीस्थित सरकारी वकिलसमक्ष बयानसमेत दिएका छन् ।

१७ बर्सिया गायिकाले एक गीतको छायाङ्कनको क्रममा गत चैत ७ गते गैँडाकोटको एक होटेलमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनले पहिलो उजुरी तनहुँमा र दोस्रो गैँडाकोटमा दिएकी हुन् । सोही उजुरीका आधारमा उनलाई गैँडाकोटमा बयानका लागि लगिएको हो ।

उनले आफू र आफू विरुद्ध उजुरी दिने गायिकाको कोठा भने सँगसँगै रहेको बताएका छन् । सो होटेलको १०१ नम्बर कोठामा आफू र गायिका १०२ नम्बर कोठामा बसेको उनले बताएका छन् ।

होटेल सञ्चालकले समेत आफूहरूले सुटिङ युनिटलाई केही कोठा दिएको र कुन कोठामा को–को बसे भन्नेबारे जानकारी नभएको बताएको बताइएको छ ।

प्रहरीले घटनामा जोडिएका अन्यसँग पनि सोधपुछ गरिरहेको छ । अनुसन्धानकै क्रममा प्रहरीले पलका म्यानेजरलाई समेत पक्राउ गरेको छ ।

गैँडाकोटमा बयानलगायतका अन्य प्रमाण प्रहरीले तनहुँमै पठाउनेछ । दुवै जिल्ला एकै प्रकृतिको घटनाको किटानी भएकाले तनहुँबाट अदालती प्रक्रिया अगाडि बढाइन लागेको हो ।

प्रकाशित मिति: Mar 13, 2022

प्रतिक्रिया दिनुहोस्