Logo
१६ बैशाख २०८१, आईतबार
(June 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेस विरोधी भन्दै एमाले सांसद सवार गाडीमाथि ढुंगामुढा

बर्दिबास, जेठ ३० : महोत्तरी क्षेत्र नम्बर ५ का नेकपा एमालेका सांसद दिपनारायण साह सवार गाडीमाथि राजपा नेपालका कार्यकर्ताले मंगलबार बिहान महोत्तरीको औरही गाउँपालिका-१ मा ढुंगामुढा गरेका छन् । निर्वाचनको विरोध गर्दै आएको राजपाले मंगलवारदेखि असार २ गतेसम्म तराईमधेस बन्दको घोषणा गरेको पहिलो दिन बन्दमा गाडी चलाएको भन्दै राजपाका कार्यकर्ताहरुले सांसद साह सवार गाडीमा ढुङ्गमुढा प्रहार गरेका छन् ।

बिहानैदेखि बर्दिबास-औरही-जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा सडक बन्द गरिरहेका राजपाका कार्यकर्ताले सांसद सवार बा १२ च ९६९ नम्बरको गाडीमाथि ढुङ्गमुढा गरेका हुन् । ढुंगामुढाले ड्राइभर अगाडीको सिसा फुटेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिग्राम शर्माले जानकारी दिनुभयो ।

आफ्नो निर्वाचन क्षेत्र सम्सी हुदैं रामगोपालपुरबाट औरहीतिर आउँदै गर्दा औरही बजारमा सांसद साहमाथि राजपाका कार्यकर्ताले हमला गरेका छन् । सांसद साहलाई मधेश विरोधी एमालेको नेता रहेको भन्दै राजपाका कार्यकर्ताले सडकमै गाडीको सीसा पुटाएका हुन् ।
सांसद सवार गाडीका चालकले तीब्र गतिमा भगाएर ज्यान जोगाएको अन्नपूर्णसंग बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो गाडीलाई आन्दोलनकारीले बाटोमै छेके ।

गाडी नरोकी आन्दोलनकारी छल्दै बर्दिबास पुगें ।’ आन्दोलनकारीको आक्रमणपछि थप आक्रमणबाट बच्न सांसद साह औरहीबाट १५ मिनेटमै गाडीको साईरन बत्ति बाल्दै गाडी भगाएर इलाका प्रहरी कार्यालय बर्दिबासमा सुरक्षाको लागि पुगेका थिए । अहिले सांसद इलाका प्रहरी कार्यालय बर्दिबासमा छन् ।

प्रकाशित मिति: Jun 13, 2017

प्रतिक्रिया दिनुहोस्