Logo
१८ बैशाख २०८१, मंगलबार
(August 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अहिलेसम्मको सबैभन्दा ठूलो बजाज पल्सर लन्च हुँदै

बजाजको अटो बजाज पल्सर २५० बाइक लन्च गर्ने तयारी अवस्थामा रहेको छ । कम्पनीले सो बाइक २०२१ को नोभेम्बर सम्ममा लन्च गर्नेछ ।

कम्पनीका एमडी राजीव बजाजले बजाजको नयाँ मोडल अहिलेसम्मको सबैभन्दा ठूलो मोडल हुने जानकारी दिएका छन् ।बजाजको नयाँ मोडल क्याचिङ डिजाइन र एलिगेन्ट स्टाइलिङको साथमा बजारमा प्रवेश गर्नेछ ।

उक्त बाइकमा कम्पनीले बीएस६ इन्जिनको प्रयोग गर्नेछ ।बजाज पल्सर २५० मा मस्क्युलर फ्युल ट्यांक समावेश गर्नेछ । बाइकमा पिलियन ग्र्याब रेलको साथमा स्प्लिट सिट उपलब्ध हुनेछ ।

सो बाइक डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र स्मार्टफोन कनेक्टिभिटी, फुल एलईडी सेटअप र ब्ल्याक्ड आउट अलोय ह्वीलको साथमा लन्च हुनेछ ।

बजाज पल्सर २५० मा बीएस६ कम्प्लायन्ट २५० सीसी, सिंगल सिलिन्डर इन्जिन समावेश हुनेछ । जसले २४ एचपीको पावर र २० एनएमको टर्क जेनेरेट गर्छ । इन्जिन ६ स्पिड गियरबक्सको साथमा उपलब्ध हुनेछ ।नेपाल अटो

प्रकाशित मिति: Aug 19, 2021

प्रतिक्रिया दिनुहोस्