Logo
१८ बैशाख २०८१, मंगलबार
(May 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उमेदवारी दर्ता गराउन एक साथ पुगे भट्टराई र यादव

‘नयाँ शक्ति र संघीय फोरम नै अबका वैकल्पिक शक्ति’

काठमाडौं, बैशाख १९ : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अब देशको वैकल्पिक शक्ति भनेको नयाँ शक्ति र संघीय समाजवादी फोरम नै भएको बताएका छन् ।

नयाँ शक्ति र फोरमले मशाल चुनाव चिन्ह लिएर सँगै चुनाव लड्न लागेको जानकारी दिँदै भट्टराईले देशैभरी सहकार्य हुने बताए । फोरमसँग एकता नै अन्तिम लक्ष्य भएको भन्दै उनले अहिले केही सर्तसहित सँगै चुनावमा गएको बताए ।

स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयरको उमेदवारी दिन फोरम अध्यक्ष उपेन्द्र यादवसँग राष्ट्रिय सभागृह पुगेका भट्टराईले कांग्रेस, एमाले र माओवादी भ्रष्टाचारको दलदलमा फसेको र अरु क्षेत्रीय पार्टी भएकाले आफूहरु नै वैकल्पिक शक्ति भएको दाबी गरे ।

भट्टराईसँगै सभागृह पुगेका उपेन्द्र यादवले संशोधन प्रस्ताव पनि पारित गराउनुपर्ने र देशको विकास पनि सँगै गर्नुपर्ने चुनौति रहेको बताए । ठूला पार्टीले देशको विकास गर्न नसकेको आरोप उनले लगाए ।

फोरम र नयाँ शक्तिले काठमाडौंको मेयरमा पवित्रमान बज्राचार्य र उपमेयरमा सविना अर्याललाई अगाडि सारेका छन् । बज्राचार्य र फोरमका हुन् भने अर्याल नयाँ शक्तिकी हुन् ।

 

प्रकाशित मिति: May 2, 2017

प्रतिक्रिया दिनुहोस्