Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेश सभाको हलमा ६ महिनापछि संसद बैठक बस्दै

नयाँ कुर्सी र टेबुल हालेर नयाँ स्वरुपमा चिटिक्क पारिएको गण्डकी प्रदेश सभाको हलमा ६ महिनापछि संसद बैठक चल्दैछ ।

गत असोज ११ गते अन्त्य भएको अघिल्लो अधिवेशन अन्त्य भएको थियो भने बुधबारदेखि विधेयक अधिवेशन सुरु हुन लागेको हो ।

संसदको पुराना फेरेर नयाँ स्वरुपका कुर्ची टेबल हालिएको छ । करिब १४ लाख रुपैयाँ बराबरको कुर्ची टेबल फेरेर बनाइएको भवनमा हिउँदे अधिवेशन बोलाइएको छ । कार्पेट पनि नयाँ फेरिएको संसद सचिवालयले जानकारी दिएको छ ।

सरकारले बिजनेस दिन नसकेकै कारण ६ महिनादेखि प्रदेश सभा बैठक बस्न नसकेको हो । विधायन अधिवेशनका लागि सरकारले केही विधेयक तयार पारेको जनाएको छ भने प्राइभेट फार्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ । यी दुवै विधेयक संसदमा पेस गर्ने तयारी छ ।

यसैगरी विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउविजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि संसदमा पेश हुने कार्यसूची तय भएको संसद सचिवालयका उपसचिव तथा सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

सरकारले बिजनेस नदिएकै कारण संसद चल्न नसकेको प्रमुख प्रतीपक्ष दल नेकपा एमालेले पनि आवाज उठाउँदै आएको छ । ६ महिनादेखि सांसद नचल्दा सांसदहरुसमेत कामविहीन बनेका थिए । पछिल्लो समय समितिका बैठक भने बसिरहेकाले राहत मिलेको सार्वजनिक लेखा समितिका सभापति सुधिर पौडेलको भनाइ छ ।

प्रकाशित मिति: Feb 28, 2024

प्रतिक्रिया दिनुहोस्