Logo
१५ बैशाख २०८१, शनिबार
(March 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलबारीमा टिपरले टाटा सुमोलाई ठक्कर दिँदा, तीन जनाको मृत्यु

मोरङको बेलबारीमा टिपरले टाटा सुमोलाई ठक्कर दिँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । एक जना गम्भीर घाइते छन् ।

बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरूमा झापा कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँ बस्ने वर्ष ४४ कि दिपा खनाल रहेकी छिन् ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको हो भने सुमो चालक झापा बिर्तामोड २ का ३६ वर्षीय कृष्ण गजुरेलको उपचारका क्रममा मृत्यु भएको हो । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

आज बिहान ६ः३० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले पश्चिमतर्फ आउँदै गरेको मे १ झ २८५६ नम्बरको सुमोलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालका अनुसार बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको यात्रुबहाक बसमा पनि सुमो ठोकिएको थियो ।

सोही दुर्घटनामा परी अन्य दुई जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । एक जनाको अवस्था भने चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Mar 1, 2024

प्रतिक्रिया दिनुहोस्