थाहापाउनुस् ! बयर खानुका यी ९ फाइदा र हानी
बयर भनेपछि हामी सबैलाई थाहा भएकै नाम हो । यो एक मौसमी फल हो ।यो नेपाल लगाएत फल थुप्रै देशमा पाइन्छ । यो फल अनेक प्रकारको औषधीय गुणले भरिपूर्ण हुन्छ ।
साथै यसमा पौष्टिक तत्व जस्तै भिटामिन, खनिज पनि हुन्छन् । यो फलको उपयोग औषधी निर्माणमा पनि गरिन्छ । बयरको सेवन उचित मात्रामा गर्दा हाम्रो शरीरलाई थुप्रै फाइदा मिल्छ ।
तर यदि यसको सेवन सही तरिकाले नगरेको खण्डमा यसले स्वास्थ्यमा हानी पनि पुर्याइरहेको हुन्छ ।बयरमा प्रमुख रुपमा भिटामिन, राइबोफ्लेविन र थायमिनजस्ता तत्व पाइन्छ ।
यसका साथै यो प्रोटिन, पोटासियम, क्याल्सीयमसमेत थुप्रै पोषक तत्वको भण्डार मानिन्छ । यो फल भिटामिन सीको राम्रो स्रोत मानिन्छ ।
आयुर्वेदका अनुसार यसभित्रको दानामा क्यान्सरजस्तो रोगसँग लड्ने क्षमता हुन्छ । बयर फलमा पाइने केही प्रमुख पोषक तत्व यस प्रकार छन् :
– कार्बोहाइड्रेट
– भिटामिन सी, ए र बी कम्प्लेक्स
– आइरन र कपर
– फ्याट
– सोडियम
– क्याल्सियम र फस्फोरस
– साइट्रिक एसिड
-जिंक
बयर खानुका फाइदा यस प्रकार छन् :
– तनाव, अनिद्राजस्ता रोगमा उपयोगी
– पाचन तन्त्र र कब्जियतजस्ता रोगमा फाइदाजनक
– शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ
– शरीरलाई ब्याक्टेरिया बाट रक्षा गर्छ
-कलेजोसँग जोडिएको समस्यामा उपयोगी
– एन्टी एजिङ् तत्वले अनुहारलाई सफा राख्छ
– बयरमा भएको क्याल्सीयमले दाँत र हड्डी बलियो बनाउँछ
– कपालको विकासमा लाभदायी
हुन त बयरले स्वास्थ्यमा धेरैजसो अवस्थामा फाइदा नै पुर्याइरहेको हुन्छ तर केही परिस्थितीमा बयरको सेवन गर्न नहुने बताइन्छ । केही आयुर्वेदिक अनुसन्धानमा बताइए अनुसार अत्यधिक मात्रामा बयरको सेवन गर्दा शरीर सुस्त हुने, भोक कम लाग्ने, कब्जियतजस्ता समस्या हुन सक्छन् । यद्यपि, बयरले खासै ठूलो हानी त गर्दैन तर यस्ता मानिसहरुले बयरको सकेसम्म सेवन नगर्नुहोस्ः
– कम फाइवर डाइटको पालना गर्नेहरुले
– मधुमेहद्वारा ग्रसित मानिसहरुले
-लेटेक्सबाट एलर्जी हुनेहरुले पनि बयरको सेवन गर्नु हुँदैन ।
– पेटको ग्यासबाट ग्रसित मानिसहरु