टीभीएस जुपिटर जेडएक्स नयाँ इन्टेलिगो प्रविधिको साथ लन्च
नयाँ इन्टेलिगो प्रविधिको साथ टीभीएस जुपिटर जेडएक्स स्कुटर बजारमा लन्च गरिएको छ ।
नयाँ जुपिटर जेडएक्समा अपडेट फिचर र माइलेज उपलब्ध रहेको छ । यो स्कुटीमा इन्टेलिगो प्रविधिको पनि प्रयोग गरिएको छ ।
कम्पनीले सो फिचर यो सेगमेन्टको स्कुटीमा पहिलो पटक प्रयोग गरिएको दावी गरेको छ ।यसको साथै नयाँ टीभीएस जुपिटरमा आकर्षक लुक र दमदार इन्जिन उपलब्ध रहेको छ ।
सो स्कुटरमा डिस्क ब्रेक र नयाँ आई टचस्टार्ट प्रविधिको प्रयोग गरिएको छ । कम्पनीले सो स्कुटीमा साइलेन्ट स्टार्ट फिचरको प्रयोग गरेको छ ।
सो स्कुटरले बढी माइलेज दिने पनि दावी गरेको छ ।भारतमा लन्च भएको सो स्कुटीको मूल्य ७२ हजार ३४७ भारु तोकिएको छ ।
सो स्कुटर भारतमा सबैभन्दा बढि बिक्री हुने स्कुटर हो । यसमा ११० सीसीको इन्जिन समावेश गरिएको छ । जसले ७ बीएचपीमा ८ एनएमको टर्क जेनेरेट गर्छ ।
यसमा दुई वटा राइडिङ मोड इको र पावर मोड रहेको छ । सो स्कुटरको फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक र रियरमा १३० एमएमको डिस्क ब्रेक रहेको छ ।एजेन्सी