बलिउड अभिनेत्री कंगना रनौतमाथि लागो चोरीको आरोप
बलिउड अभिनेत्री कंगना रनौत फेरि विवादमा तानिएकी छन् । अभिनेत्री रनौतको पछिल्लो समयमा धेरै विवादमा तानीने गरेकी छन् ।
उनले आफ्नो मनको भावना सामाजिक सञ्जालमा खुला भएर राख्ने गर्छिन् त्यसकारणले पनि उनि बेलाबेलामा विवादमा आउने गर्छिन् ।
त्यसैले उनलमाई विवाद क्विन भनेर पनि चिनिन्छ । हालै कंगनाले फिल्म मणिकर्णिकाको दोस्रो भागको घोषणा गरेकी थिइन् । उनले नयाँ फिल्मको टाइटल ‘मर्णिकर्णिका रिटर्न-द लेजेन्ड अफ दिद्दा’ हुनेछ ।
तर कंगनामा अब फिल्मको कहानी चोरी गरेको आरोप लागेको छ । लेखक आशिष कौलले कंगनामा उनको कथा चोरेको आरोप लगाएका छन् ।
आशिष कौलले नवभारत टाइम्ससँगको अन्तर्वार्तामा यसबारे खुलासा गर्दै कंगनाले आफ्नो कहानी चोरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘म आफूमाथि भएको गलत कुराका लागि लड्छु । आफूमाथि भएको शोषणका लागि मेरो लडाईं चलिरहेको छ ।’
आशिष कौलको दाबी अनुसार उनको बुक ‘दिद्दाः द वारियर क्विन अफ कश्मिर’ को अंग्रेजी संस्करण आइसकेको छ । उनी भन्छन्, ‘मसँग कपिराइट छ र उनी यस्तो कसरी गर्न सक्छिन् ।
लकडाउनका बेला मैले कंगनासँग किताबको हिन्दी संस्करणका लागि सम्पर्क गरेको थिएँ । मैले आफ्नो बुकका लागि कंगनालाई हिन्दी संस्करणको मेल पठाएको थिएँ तर उनको कुनै उत्तर आएको थिएन ।
आशिषले थपेका छन्, ‘अब कंगनाले अचानक फिल्मको घोषणा गरेकी छिन् । तर यो कहानीमा मेरो कपिराइट छ । दिद्दा लोहार राजकुमारी थिइन् जो अब जम्मूमा बस्छिन् । फिल्मको विषयमा मेरो रिलायन्स इन्टरटेनमेन्टसँ कुरा भएको छ ।’एजेन्सी