टाटा मोटर्सले सार्वजनिक गर्यो नयाँ कम्प्याक्ट ट्रक ‘इन्ट्रा भि २०’
टाटा मोटर्सले नयाँ कम्प्याक्ट ट्रक ‘इन्ट्रा भि २०’ सार्वजनिक गरेको छ ।
टाटा मोटर्सले नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नयाँ कम्प्याक्ट ट्रक इन्ट्रा ‘भी२० ‘सार्वजनिक गरेको हो ।
टाटा इन्ट्राको सुरुवाती मूल्य १९ लाख ७५ हजार रुपैयाँ कायम गरिएको छ। यो कम्प्याक्ट ट्रकलाई नेपालभरका सिप्रदीका सेल्स, सर्भिस र स्पेयर पार्टस्को बृहत्तर सञ्जालले पूर्ण साथ, सहयोग गर्नेछन्।
यसमा अतिसाँघुरो गल्लीमा पनि सजिलै मोड्न मिल्ने ४.७५ मिटरको ‘टर्निङ रेडियस’ छ। यसमा भएको केवलसिफ्ट मेकानिज्म र ५-स्पीड गेयर बक्सले सहज एवं भन्झटमुक्त यात्रा सुनिश्चित गर्ने टाटाको दाबी छ।
टाटा इन्ट्रामा अधिकतम ग्राउण्ड क्लियरेन्स र ४५ प्रतिशतको गे्रडेबिलिटि हुनाले नेपालको विद्यमान अवस्थाका सडकहरुको लागि उपयुक्त गाडी हुनेछ।
टाटा इन्ट्रा भि२० मा १.४ लिटर क्षमताको डिजल इन्जिन रहेको छ, जसले ७० बिएचपी र १४० एनएमको टर्क पैदा गर्छ। उच्चतम इन्धन बचत गर्न सहयोग पुर्याउन गीयर सिफ्ट एडभाइजर छ।
यसको भरपर्दो एंव विश्वसनीय इन्जिन, गियर बक्स, क्राउनर च्यासिसको सम्योजनले समस्टिमा न्यून मर्मत खर्च गराउँछ र योजस्तै गाडीहरुको श्रेणीमा यसलाई उत्कृष्ट रोजाइको गाडी बनाउँछ।
ठूलो लोड बडी, ११ सय केजीको अधिकतम भार बहन क्षमता, सर्वोत्कृष्ट माइलेज र मजबुत इन्जिन, गियर बक्स, क्राउन र च्यासिस भएको यो कम्प्याक्ट ट्रक, न्यून सञ्चालन खर्चमा सवारी धनीलाई अधिकतम मुनाफा हुनेगरी निर्माण गरिएको कम्पनीको भनाइ छ।
टाटा मोटर्सको प्रिमियम टफ डिजाइन सिद्धान्तमा बनेको यो ट्रकले सुरक्षित र आरामदायी यात्रा अनुभव गराउने कम्पनीको भनाइ छ।
यसको आधुनिक डिजाइनका साथ बनेको क्याबिनभित्र ओहोर दोहोर गर्न सजिलो हुने थप ठाउँ रहेको छ। सुविधा सम्पन्न आरामदायी सिटहरु र आधुनिक डिजिटल क्लस्टर पनि रहेको छ।
यसकासाथै ड्यासबोर्डमा माउन्ट भएको गियर लिभरले लामो समयको यात्रामा पनि सजिलो एंव थकानमुक्त महसुस गराउने कम्पनीको छ।अटो खबर