अभिनेता अनुपम खेरसहित परिवारका चारजना कोरोना संक्रमित
भारतस्थित बलिउडका कलाकार अनुपम खेरसहित उनको परिवारका चार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।अनुपमसहित उनकी आमा, भाउजू र भतिजीलाई संक्रमण भएको उनले ट्वीटर मार्फत जानकारी दिएका छन् ।
अनुपमले लेखेका छन्, ‘मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजू र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ । म आफैंले पनि परीक्षण गरेँ, मैले आफ्नो रिपोर्ट पाेजिटिभ पाएको छु।’
भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहँदा बलिउडका बादशाह भनेर चिनिने अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई पनि संक्रमण भएको छ ।
अमिताभ अस्पताल भर्ना भएको केही घण्टामै अनुपमले आफूसहित परिवारका चार जनालाई कोभिड-१९ पोजिटिभ रिपोर्ट आएको जानकारी दिएका हुन् ।