Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘एमाले मधेसमा आओस मात्रै, जनताले ब्याण्डबाजासहित बिदाई गर्नेछन्’

काठमाडौं, १९ पुस । मधेशी मोर्चाका प्रभावशाली नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेर गैरसंसदीय चरित्र देखाएको आरोप लगाएका छन् ।

मंगलबार बिहान राजविराजमा आयोजित पत्रकार सम्मेलनमा महतोले एमालेमाथि यस्तो आरोप लगाएका हुन। उनले अब एमालेमुक्त मधेस अभियान सुरु गर्न लागेको समेत जानकारी दिए ।

उनले भने, ‘अब एमालेमुक्त मधेसको अभियान सञ्चालन हुँदै, गाउँ गाउँबाट एमालेलाई बिदाई गरिनेछ ।’ ईटाको जवाफ पत्थरले दिनुपर्छ भन्दै महतोले महाभारतको श्लोक ‘विना युद्धेन केशव’ उल्लेख गर्दे थपे, ‘एमालेले मुलुकलाई युद्धतर्फ मोड्दै छ, पाँच जिल्लाका विषयमा अड्को थापेको छ त्यसैले अब महाभारतकै तयारी गर्नुपर्छ ।’

एमालेले एनजिओ, आइएनजिओका नाममा अहिले मधेसका जिल्लामा कार्यक्रम गर्न खोजिरहेको आरोप लगाउँदै महतोले भने, ‘मधेसी जनता एमालेलाई ठेगान लगाउन रेडी भएर बसेका छन्, हिम्मत छ भने राजनीतिक र संविधानसम्बन्धी कार्यक्रम लिएर एमाले मधेसमा आओस, जनताले ब्याण्डबाजासहित बिदाई गर्नेछ ।’

प्रकाशित मिति: Jan 3, 2017

प्रतिक्रिया दिनुहोस्