Logo
२४ बैशाख २०८१, सोमबार
(April 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 जेठ ११ देखि १३ सम्म नेपाल फेसन फेस्टिभल हुने

 ११ जेठदेखि १३ सम्म नेपाल फेसन फेस्टिभल आयोजना हुने भएको छ । ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा हुने फेस्टिभलको हरेक साँझमा फेसन रनवे समेत हुनेछ ।

स्थापित डिजाइनरले तयार पारेका पहिरन प्रस्तुत गर्दै आयोजक संस्थाले पहिलोपटक र्‍याम्पमा नयाँ मोडललाई प्रस्तुत गर्नेछ । फेसन शोका लागि शनिबार मोडल कास्टिङ कल अर्थात् अडिसन आयोजना गरिएको छ ।

१८ वर्षभन्दा माथिका युवायुवतीले शोमा क्याटवाक गर्न अडिसन दिन सक्नेछन् । ‘नेपाल फेसन फेस्टिभलको मोडल्स स्क्वाडमा आवद्ध हुँदै मोडलिङ क्षेत्रमा करियर बनाउन चाहने युवायुवतीलाई हामीले प्लाटफर्म दिने योजना बनाएका हौं,’ आयोजक फेसन नेटवर्क नेपालका संस्थापक निर्देशक प्रशान्त ताम्राकारले भने ।

‘तीनदिने फेसन महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको रनवेलाई हामीले स्टाइल, ब्युटी तथा सिर्जनात्मकताको शो–केसको रुपमा आयोजना गरेका छौं,’ उनले भने ।

फेसन उद्योगसम्बद्ध बुटिक, डिजाइनर, फोटो स्टुडियो, इभेन्ट म्यानेजर, सौन्दर्य सामग्री उत्पादक कम्पनीसहित दर्जनौं प्रतिष्ठानले फेस्टिभलमा सहभागिता जनाउने भएका छन् ।

अडिसनको निर्णायकमा कोरियोग्राफर तथा अभिनेता समेत रहेका ताम्राकार, फेसन फोटोग्राफर राजभाइ सुवाल, सौन्दर्य उद्यमी दीपा गुरुङ, मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ, फेसन डिजाइनर युबी थापा छन् ।

प्रकाशित मिति: Apr 26, 2024

प्रतिक्रिया दिनुहोस्