Logo
११ बैशाख २०८१, मंगलबार
(June 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइसी डिजाइनर रनवे ११ को तयारी

नेक्स्ट मोडल्स नेपालको आयोजनामा काठमाडौंमा ‘आइसी डिजाइनर रनवे ११’ फेसन शो हुने भएको छ । विगतका वर्षझैं यस वर्ष पनि आइसी कलेजले फेसन शो आयोजना गर्न लागेको हो । शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ ।

नेक्स्ट मोडल्स नेपालले शोका लागि मोडलको आवेदनसमेत खुला गरेको छ । उसले ५ फिट ६ इन्च उचाइ भएका महिला मोडलले आवेदन दिन सक्ने प्रावधान राखेको छ । छनोट आगामी ११ जुन अर्थात २८ जेठमा शनिबार हुनेछ ।

फेसन शोमा ६ पुरुष र २४ महिला गरेर ३० मोडलले आइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्‍याम्पमा प्रस्तुत गर्नेछन् । फेसन डिजाइनर नै आइसी कलेजका १९ औं ब्याचका पास आउट विद्यार्थी हुन् ।

विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यस वर्ष विगतका भन्दा झन् उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको म्यानेजमेन्ट जिम्मेवारी लिएको संस्थाका सिइओ रवि धमलाले बताए ।

‘आइसी डिजाइनर रनवे’ को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको आयोजक आइसी कलेजकी प्रवन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।

फेसज शोको लागि अन्तर्राष्ट्रिय कोरियोग्राफर अभिमन्यु सिंह तोमरसमेत नेपाल आउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: Jun 6, 2022

प्रतिक्रिया दिनुहोस्