Logo
१७ बैशाख २०८१, सोमबार
(April 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्वेताले थालिन् मेटल व्यवसाय, भन्छिन्- एक-दुई वर्षमा फिल्ममा फर्किन्छु

काठमाडौं । अभिनेत्री तथा फिल्म निर्मात्री श्वेता खड्काले भरतपुरमा मेटल व्यवसाय सञ्चालनमा ल्याएकी छन् । यसैसाता घरमा पूजापाठ गर्दै उनले ‘भुदेवी स्टिल’ नामबाट व्यवसाय थालनी गरेकी हुन् ।

भरतपुर–४, आनन्दनगरमा रहेको यो फ्याक्ट्रीमा हाइड्रोपावर, झ्यालढोका, रोडक्रस ब्यारिअर, रोलिङ सटर र ठूला भवनका पुलमा प्रयोग हुने फलामजन्य सामग्रीको उत्पादन हुने जनाइएको छ ।

यसअघि निर्माण, हस्पिटालिटी र रेष्टुरेन्ट व्यवसायी पनि सञ्चालन गरेकी श्वेताको यो नयाँ व्यवसाय हो । व्यवसायबाहेक २०८१–०८२ सालभित्र फिल्म निर्माणमा फर्किने तयारीमा रहेको श्वेताले बताइन् ।

‘छोरी प्रि–स्कुलको लागि तयारी नहुञ्जेलसम्म अहिलेलाई उसको हेरचाह र बिजनेसमै व्यस्त हुन्छु । त्यसपछि एक-दुईवर्षमा फिल्म निर्माणमा फर्किने सोच छ,’  उनले भनिन् । उनकी छोरी ब्रायना १६ महिनाकी भइन् ।

फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यु गरेकी श्वेताले ‘हाँसिदेऊ एकफेर’, ‘श्रीमान् श्रीमती’, ‘कान्छी’ नामक फिल्म अभिनय गरेकी छन् । ‘कान्छी’ उनले निर्माण गरेको फिल्म हो ।

प्रकाशित मिति: Apr 16, 2024

प्रतिक्रिया दिनुहोस्