Logo
२३ बैशाख २०८१, आईतबार
(April 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘छक्कापञ्जा ५’ मा नयाँ कथावस्तु हुने, दीपक भन्छन्- नयाँ कथा हाम्रो फिल्मको ब्युटी

 ‘छक्कापञ्जा ४’ को इन्डिङमा बुहारीको रुपमा दीपाश्रीले राजनीति ज्वाइन गरेको देखिएको थियो । ससुराको निधन र पति जेल गएपछि बुहारी पात्रले राजनीति थालेको दृश्य कम्पोजसँगै चौथो शृंखला टुंगिएको थियो ।

फिल्मको कथावस्तुलाई लिएर यतिबेला महत्वपूर्ण विकास भएको छ । जेठ १० गतेदेखि छायांकन सुरु हुन लागेको ‘छक्कापञ्जा ५’ को कथावस्तु चौथो श्रृंखलाको इण्डिङदेखि सुरुवात नहुने भएको छ ।

अहिले काठमाडौं बाहिर बसेर पटकथा लेखिरहेका अभिनेता तथा निर्माता दीपकराज गिरीले नयाँ कथाबाट दर्शकलाई मनोरञ्जन दिने निर्णय भएको बताए । ‘दर्शक नयाँ र ताजा कथा हेर्न चाहन्छन् । छक्कापञ्जाको ब्युटी पनि नयाँ कथा हो,’ दीपकले भने, ‘पाँचौं श्रृंखलामा विशुद्ध नयाँ कथा हुनेछ ।’

पाँचौं श्रृंखलाको कथा कर्मचारीतन्त्र र राजनीति वरपर घुम्ने दीपकको भनाइ छ । फिल्मको पहिलो भागले वैदेशिक रोजगारीको सामाजिक आयामलाई चित्रण गरेको थियो । दोस्रो श्रृंखलाले विदेशको पीआरका लागि जबर्जस्ती विवाह गर्ने कथा भनेको थियो ।

तेस्रो श्रृंखलाले स्कुलमा हुने राजनीति चित्रण गरेको थियो । चौथोले सामाजिक सञ्जालको प्रयोगमार्फत सत्तामा पुग्ने दलीय प्रवृत्तिलाई दर्शाएको थियो । पाँचौ श्रृंखला ब्युरोक्रेसी र राजनीति वरपर घुम्नेछ ।

फिल्म र चरित्रको नाम पुरानै हुने भएपनि घटनाक्रम चाहिं नयाँ हुने उनको भनाइ छ । दीपाश्री निरौलाले गर्ने पाँचौं श्रृंखलाको स्क्रिप्ट लेखन दुई सातामा टुंगिने दीपकले जनाए । स्क्रिप्ट लेखन सकेर उनी काठमाडौं फर्कदैंछन् । राजधानी फर्किएपछि ‘कास्ट एण्ड क्रू’ टुंग्याउने तयारी छ ।

अहिलेसम्म पाँचौं श्रृंखलामा दीपक र केदार घिमिरे ‘माग्ने बुढा’ मात्र फाइनल छन् ।

प्रकाशित मिति: Apr 24, 2024

प्रतिक्रिया दिनुहोस्