Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाहको १० वर्ष पुग्दै गर्दा राजेश हमाललाई फ्यानको आग्रह : अब बडी शो होइन, बेबी चाहियो

यस्तो लाग्छ, अभिनेता राजेश हमाललाई प्रश्नले पछ्याउन कहिल्यै छाड्ने छैन । विवाह नगर्दासम्म विवाहको प्रश्नले उनलाई लामै समय पछ्यायो । लामो समयकी प्रेमिका मधु भट्टराईसँग उनले विवाह पनि गरे ।

आगामी जेठमा हमाल ६१ वर्ष टेक्दैछन् भने जेठमै उनले विवाह गरेको १० वर्ष पुग्दैछ । विवाहको एक दशक पुग्दा समेत हमाल दम्पतीमा बच्चाको सुरसार छैन । यतिबेला हमाललाई बच्चा कहिले पाउने भन्ने प्रश्नले पछ्याइरहेको छ ।

यसको प्रत्युत्तरमा हमालले ठट्टा गर्दै अहिले नै बच्चा जन्माउन हतार नगर्ने बताउने गरेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा समेत हमालले मधुसँगका रोमान्टिक फोटो पोस्ट गर्ने गरिरहेका छन् ।

गएको शनिबार बिहान हमालले मधुसँगको रोमान्टिक फोटो सेयर गरे । यो फोटोमा उनीहरु एकअर्कामा रमाउँदै लन्च लिइरहेको देख्न सकिन्छ । एक फोटोमा हमालले आफ्नो सिग्नेचर थम्ब–अप मार्कसहित बडी पनि देखाएका छन् ।

यी तस्वीरमा फ्यानले अब बडी होइन, बच्चा र भान्जाभान्जी दिनुपर्ने भन्दै कमेन्ट गरिरहेका छन् । दोस्रो राजेश हमाल कहिले जन्माउने राजेश दाइ भन्दै प्रशंसकले प्रश्न गरेका छन् । कतिपयले ६० वर्षको उमेरमा पनि राजेश हमालको फिटनेसको प्रशंसा गरेका छन् ।

प्रकाशित मिति: Apr 25, 2024

प्रतिक्रिया दिनुहोस्