Logo
१७ बैशाख २०८१, सोमबार
(April 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले गरे फिल्ममा अभिनय

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले फिल्ममा अभिनय गरेका छन् । रमित ढुंगाना निर्देशित ‘नमेटिने घाउ’को छायांकनमा उनले मंगलबार बिहान एक घण्टा बिताए ।

कोटेश्वर बहुमुखी क्याम्पसको प्रांगणमा छायांकन भएको फिल्ममा नेता नेपालले केही डायलग पनि बोले । उनलाई निर्देशन गराउन निकै सजिलो भएको निर्देशक ढुंगानाले बताए ।

एसिडको प्रयोगलाई रोक लगाउनुपर्ने र एसिड आक्रमणकारीलाई कारवाही हुनुपर्ने भन्दै विद्यार्थीले प्रदर्शन गरेको कथाको सन्दर्भममा आजको छायांकन भएको हो । अभिनय गर्दै नेता नेपालले दोषीलाई कारवाही गर्ने प्रतिबद्धता समेत जनाए ।

उनले यसका लागि आफूहरु लागिपर्ने भन्दै डायलग बोलेका थिए । ‘यताउति गरेर उहाँको दृश्य खिच्न एक घण्टाजति लाग्यो । उहाँलाई काम गराउन निकै सजिलो भयो,’ निर्देशक ढुंगानाले भने ।

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीको दृश्य पनि उक्त अवसरमा खिचियो । केही दिनमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि छायांकन हुनेछ । ओलीले यसबारे फेसबुकमार्फत जानकारी दिइसकेका छन् ।

यो सामाजिक कथानक फिल्मको पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती, र भक्तपुरमा छायांकन भइसकेको छ । यसैसाता फिल्मको छायांकन सक्ने तयारी रहेको निर्माण नियन्त्रक आरजे प्रणव सुवेदीले बताए ।

प्रकाशित मिति: Apr 16, 2024

प्रतिक्रिया दिनुहोस्