Logo
२५ बैशाख २०८१, मंगलबार
(April 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयोगद्वारा उपनिर्वाचन परिणामसहितको प्रतिवेदन पेस

निर्वाचन आयोगले वैशाख १० गते सम्पन्न उपनिर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालयमा पेस गरेको छ ।
निर्वाचन आयोगले शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपतिको अनुपस्थिति रहेकाले उपराष्ट्रपतिलाई परिणामसहितको प्रतिवेदन पेस गरेको हो ।

संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने भन्ने व्यवस्था भएअनुसार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
वैशाख १० गते बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन सम्पन्न भएको थियो ।

प्रकाशित मिति: Apr 28, 2023

प्रतिक्रिया दिनुहोस्