Logo
६ जेष्ठ २०८१, आईतबार
(May 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखले बोलाएको शीर्ष नेताको बैठक सुरु

 प्रतिनिधिसभाको अवरोध खोल्ने विषयमा सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलगायत सहभागी छन् ।

प्रतिनिधिसभाको वर्षे अधिवेशन २८ वैशाखमा सुरु हुँदैछ । अघिल्लो अधिवेशनमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन माग गरेर बैठक अवरोध गरेको थियो ।

आगामी अधिवेशनमा संसद बैठक विना अवरोध सञ्चालन गर्ने उद्देश्यले सभामुखले दलहरुबीच बैठक राखेका हुन् ।

 

 

 

प्रकाशित मिति: May 7, 2024

प्रतिक्रिया दिनुहोस्