Logo
१५ बैशाख २०८१, शनिबार
(March 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली निर्देशकद्वारा निर्देशित हिन्दी-भोजपुरी फिल्म ‘माही’ को फर्स्ट लुक सार्वजनिक

नेपाली निर्देशक चन्द्र पन्तद्वारा निर्देशित हिन्दी-भोजपुरी फिल्म ‘माही’ को फर्स्ट लुक सार्वजनिक भएको छ ।

बलिउडका चर्चित समीक्षक तरण आदर्शले निर्देशक पन्तद्वारा निर्देशित र अभिनेता आनन्द ओझा अभिनित फिल्म ‘माही’ को फर्स्ट लुक आफ्नो ट्वीटर र फेसबुक अकाउन्टमार्फत सेयर गरेका हुन् ।

फिल्ममा ओझा बाहेक साउथका उत्कृष्ट अभिनेता प्रदीप रावत मुख्य खलनायकको भूमिकामा देखिनेछन् । सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने फिल्ममा जुबली स्टार दिनेश लाल यादव निरहुआ अतिथि भूमिकामा देखिनेछन्।

फिल्मको बजेट २.५ करोड रहेको र भोजपुरी बाहेक यो फिल्म भारतका अन्य ५ भाषामा पनि रिलिज हुने बताइएको छ ।

भोजपुरी फिल्म जगतमा यो पहिलो पटक भएको हो कि यति धेरै बलिउड समीक्षकहरूले आफ्नो डिजिटल प्लेटफर्मबाट भोजपुरी फिल्म साझा र प्रशंसा गरेका छन्।

आनन्द ओझाको फिल्म ग्राफको कुरा गर्दा यसअघि ५ वटा फिल्म आएका छन् । जसमध्ये कुम्भ निवास, रण र सबसे बडा मुजरिम रिलिज भइसकेका छन् भने लभ एक्सप्रेसको ट्रेलर सार्वजनिक भएको छ ।

जसलाई दर्शकले मन पराएका छन् । हालै उनले अभिनेत्री स्वरा भास्करसँग हिन्दी वेब सिरिजको सुटिङ पूरा गरेका छन्, जसको बारेमा छिट्टै बताइनेछ ।

कात्यायन फिल्म क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्म अरुणकुमार मिश्रले निर्माण गरेका हुन् ।

चलचित्रको कथा मनिष किशोरले लेखेका हुन् भने चलचित्रमा ओम झा, अभिषेक अमोल, एल लक्ष्मीकान्तको संगीत रहेको छ भने छायांकन पुरुषोत्तम प्रधानले गरेका छन् ।

नेपाली नागरिक चन्द्र पन्त एक भोजपुरी जगतका एक उत्कृष्ट र स्थापित निर्देशक हुन्, उनले यो फिल्मलाई धेरै राम्रो तरिकाले बनाएका छन् ।

चलचित्रमा आनन्द ओझा, नीता ढुंगाना, प्रदीप रावत, सञ्जय पाण्डे, प्रशान्त ताम्राकार, नरेन खड्का, अयाज खान सन्तोष पहलवान लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

#mahi #aediflore #PRO_sonu_yadav #firstlook Chandra Pant Anand Ojha Arun Kumar Mishra

प्रकाशित मिति: Mar 3, 2023

प्रतिक्रिया दिनुहोस्