Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ख्वपमा मानविकी र समाज विज्ञानको महत्वबारे अन्तरक्रिया हुने

भक्तपुरको ख्वप कलेजले मानविकी र समाज विज्ञानको महत्वलाई उजागार गर्न ‘मानविकी तथा समाज विज्ञान र युवा’ विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । मानविकी संकायको महत्वबारे युवा जमातलाई बुझाई यसलाई अझ ब्यापक बनाउन कार्यक्रम गर्न लागेको कलेजले जनाएको छ ।

कार्यक्रम बुधबार बिहान ८ बजे कलेजमै हुनेछ । कार्यक्रममा विभिन्न कलेज र विद्यालयहरूमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, शिक्षकहरूबीच अन्तरक्रिया हुनेछन् । त्यसका लागि विभिन्न कलेज तथा विद्यालयमा रहेका प्राध्यापक, शिक्षक तथा विद्यार्थीलाई निमन्त्रण गरेको आयोजक कलेजले जनाएको छ ।

कलेजको मानविकी संकायअन्तर्गत बिए बिएएसडव्लू तथा एमए इगलिशका इन्चार्ज कमिनिका न्याइच्याईले कार्यक्रम चार चरणमा विभाजन गरी हुने जानकारी दिए । उनका अनुसार पहिलो चरणमा कलेजमा मानविकी अध्ययन अध्यापनका विषयमा प्रस्तुतीकरण हुनेछ ।

दोस्राे चरणमा कलेजका पत्रकारिताका सहप्राध्यापक सृजना खड्काको मध्यस्थतामा बागमती प्रदेशका सांसदद्वय सुरेन्द्रराज गोसाई र सृजना सैंजूसँंग छलफल हुनेछ । तेस्राे चरणमा प्रश्नउत्तरको छलफल कार्यक्रम हुनेछ भने अन्तिम चरणको फिडब्याक सेसनमा कलेजका प्राचार्य रूपक जोशी, सहप्राचार्य डा. राजेशकुमार श्रेष्ठ र ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले मन्तव्य राख्नेछन् । आयोजक कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा गरी चारवटै संकायमा स्नातकोतर तहसम्मै अध्ययन हुन्छ ।

प्रकाशित मिति: Jul 18, 2022

प्रतिक्रिया दिनुहोस्